मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला अस्पताल अछामका १३ थान सिलिन्डरमा अक्सिजन भर्न बोलन्या थली अछामको सहयोग

जिल्ला अस्पताल अछामका १३ थान सिलिन्डरमा अक्सिजन भर्न बोलन्या थली अछामको सहयोग


अछाम । बोलन्या थली अछाम युनिटले जिल्ला अस्पताल अछामलाई १३ थान अक्सिजन सिलिन्डर भरेर हस्तान्तरण गरेको छ । बोलन्या थलीले संचालन गरेको “प्राणका लागि पाँच सय” अभियानमा संकलित रकम बाट अक्सिजन सिलिन्डर रिफिल गरेको थियो ।

बोलन्या_थलीले डडेल्धुरा युनिट को समन्वय तथा अछाम युनिटको पहलमा अक्सिजन दिईएको हो । निरन्तरको प्रयास पछी बोलन्या थली अछाम युनिटले अस्पतालका खाली १३ वटा सिलिन्डरमा अक्सिजन भरेर जिल्ला अस्पताल लाई उपलब्ध गराएको हो ।

बोलन्या थली अछामका संयोजक सुशील भण्डारीले मंगलबार जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्यअधिकृत झपट राज ढुंगाना र जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अतुल भारद्वाजलाई भरिएका १३ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरे ।

अहिलेको विषम परिस्थितिमा जनताले अक्सिजन नपाएर अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले जिल्ला अस्पताल अछामलाई अक्सिजन उपलब्ध गराएको बोलन्या थली अछामका संयोजक सुशील भण्डारीले बताए ।

अछाम जिल्ला बाट संघ तथा प्रदेश सभामा प्रतिनिधि गर्ने ११ जना सांसद छन् । जिल्लाका नागरिक कोरोना कहरमा अक्सिजन अभावमा छट्पटाई रहदा पनि उनीहरु बेखर रहेका बेला ११ जना सांसदलाई चुनौती दिदै बोलन्याथलिले अक्सिजन दिएको भन्दै सरोकारवालाहरुले खुशी ब्यक्त गरेका छन ।

महाविपत्तिमा सुदुरपश्चिमका ९ वटै जिल्लाहरुमा आफुले सक्ने जती सहयोग गर्ने बोलन्या थलीका संयोजक यादब जोशीले बताए । साथै जोशीले बोलन्या थलीले संचालन गरेको प्राणका लागि रु ५०० अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाइ धन्यवाद समेत दिए ।

केही दिन पहिले मात्रै बोलन्या थली डडेल्धुरा युनिटका संयोजक दिपक भट्ट गाडी सहित आफै नेपालगन्ज पुगेर डोटि र डडेल्धुरा जिल्लामा अक्सिजन उपलब्ध गराएका थिए ।

कोरोना भाइरस कोभिड १९ ले मुलुक नै आक्रान्त बनेको बेला अस्पताललाई अक्सिजन सहयोग गरेकोमा अस्पताल परिवाले धन्यवाद ब्यक्त गरेको छ ।