मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितको मनोबल उच्च बनाउन नगर प्रमुख कुँवरको रचनात्मक अभियान

कोरोना संक्रमितको मनोबल उच्च बनाउन नगर प्रमुख कुँवरको रचनात्मक अभियान


अछाम : कोरोना रोकथाम तथा नियन्त्रणमा जिल्लाको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर यतिबेला सक्रिय भएर खटेका छन्। उनले अस्पतालको अवस्था बुझ्ने देखि घरदैलोको अवस्थाका बारेमा पनि जानकारी लिने गरेका छन्। उनले संक्रमितको मनोबल उच्च बनाउनका लागि रचनात्मक अभियानको थालिनी गरेका हुन् ।

आफ्नो नगपालिकाका संक्रमितलाई भेट्न नगर प्रमुख कुँवर औषधि र केही खानेकुरा लिएर घरदैलो गर्न थालेका छन् । भोट माग्न मात्र घरदैलो गर्ने नेताहरुको लागि चुनौती दिदै नगर प्रमुख कोरोना कहरमा समेत सक्रिय रहेर घरदैलो गरिरहेका छन्।

नगर प्रमुख कुँवरले स्वास्थ्यकर्मी सहित घरघरमै गएर संक्रमितहरुको मनोबल उच्च बनाउन सुझाब दिने गरेका छन् । कोरोना संक्रमितको उपचार भन्दा पनि धेरै मनोवल कमजोर भएका कारण समस्या देखिएको भन्दै घरघरमै पुगेकोउनले बताए ।

आज साँफेबगर नगरपालिका वडा नम्बर १ वैजनाथमा कोरोना संक्रमणका होमआईशोलेसमा बसेका परिवारलाई भेटघाट गरे । उनले कोरोना संक्रमणबाट बच्नको लागि वडाबासीलाई सजक रहन पनि आग्रह पनि गरे ।

घरमै आइसोलेशनमा बसेका संक्रमितलाई थप केही समस्या भएमा खवर गर्न उनको आग्रह छ । घरघरमै आएर कोरोना संक्रमितको मनोवल उच्च बनाउने नगर प्रमुख काम प्रशंसनीय भएको वैजनाथका स्थानीय डण्डिराज जोशीको भनाई छ ।

उदारो स्वास्थ्य सामग्री ल्याएर भएपनि अस्पताललाइ उपलब्ध गराउने नगर प्रमुख कुँवरको प्रतिवद्धता .

भेटघाटमा साँफेबगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष अमर शाह, साँफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्प वुढा, नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुँवर लगायतको सहभागिता रहेको थियो ।

यस्तै नगर प्रमुख कुँवर वैजनाथका संक्रमितलाई भेटे लगतै वयलपाटा अस्पतालमा उपचारर्थ कोरोना संक्रमित सँग पनि भेटघाट गर्नुका साथै वयलपटा अस्पताल अस्पतालको अवस्थाका वारेमा जानकारी लिएका छन् ।

अस्पताललाइ नगरपालिकाबाट हुने सम्पूर्ण सहयोग हुने प्रतिवद्धता गर्दै अस्पतलमा उपचारर्थ कोरोना संक्रमितलाई उच्च मनोवल बनाउन सुझाव दिए ।

अस्पताल तत्काल देखिएको समस्याका वारेमा मेडिकल निर्देशक डा. मन्दिप पाठकसँग जानकारी लिएका थिए । मेडिकल निर्देशक डा. पाठकले नगरको सहयोगले कोरोना संक्रमितको उपचारमा अहिले सहज भएको धारणा व्यक्त गरे ।

बुधबार औसधि दिने सहित अन्य आवश्यक थप स्वास्थ्य सामग्रीको लागि पनि पहल गर्ने बताए । डा. पाठकले जिल्लाका सवै पालिका, वाजुरा र डोटीका केही पालिकाले अस्पताललाई सहयोग गर्ने प्रतिवद्धता जनाएपनि साँफेबगर वाहेक कुनै पालिकाबाट सहयोग नआएको जानकारी दिए ।

प्रतिवद्धता अनुसार सहयोग नहुँदा अस्पताल सञ्चालनमा समस्या रहेकोउनको भनाई छ । नगर प्रमुख कुँवरले नगरपालिकासँग यो वर्ष रकम नभएपनि उदारो स्वास्थ्य सामग्री ल्याएर भएपनि उपलब्ध गराउने पनि प्रतिवद्धता जनाए ।