मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेबी ठकुल्लाद्वारा बयालपाटा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

समाजसेबी ठकुल्लाद्वारा बयालपाटा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग


अछाम : समाजसेबी तथा नेपाली कांग्रेस काठमाण्डौ अछाम सम्पर्क मञ्चका उपाध्यक्ष भक्त ठकुल्लाले बयालपाटा अस्पताललाई १५ थान पीपीइ र १ हजार पिस गोलोब्स सहयोग गरेका छन् ।

यस्तै साँफेबगर नगरपालीका ५ नवाठाना छान्ना निवासी धुब्र ठकुल्लाले समेत अस्पताललाई २५ ओटा सेनिटाईजर र ५ सय मास्क सहयोग गरेका छन।

मंगलबार नेपाली कांग्रेसका क्षेत्रिय सभापती तथा साफेबगर नगरपालीका ३ सिद्धेश्वरका वडा अध्यक्ष कृष्ण बहादुर बुढाले बयालपाटा अस्पताललाई सहयोग गरेका सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

कोरोना महामारी सङ्ग लडिरहेका नागरिकको सेवामा अहोरात्र खटिरहेका अस्पतालका स्वास्थ्यकर्मीहरुलाई लडाइँ सहज होस भन्ने उदेश्यले आफुले सहयोग गरेको उपाध्यक्ष भक्त बहादुर ठकुल्लाले बताए ।