मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिएफ़आई क्लब साफेबगरद्वारा स्व. बोहराका परिवार लाई क्रिया खर्च स्वरूप आर्थिक सहयोग

बिएफ़आई क्लब साफेबगरद्वारा स्व. बोहराका परिवार लाई क्रिया खर्च स्वरूप आर्थिक सहयोग


अछाम : बिएफ़आई क्लब साँफेबगरले महालक्ष्मी विकास बैंक साँफेबगर अछाम शाखामा सुरक्षा गार्ड पदमा कार्यरत कर्मचारी स्व. प्रेम बहादुर बोहराका परिवारलाई आर्थिक सहयोग गरेको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ मदने निवाशी बोहोराको निधन भए पछि बोहराका परिवारलाई क्रिया खर्च वाफत फलफुल तथा नगद २०१०१ सहयोग गरिएको हो ।

विगत १ वर्ष देखि साफेबगरमा संचालित बैंक, लघुबित्त तथा बिमा कम्पनिका कर्मचारीले कुनै पनि कर्मचारी तथा भैपरि आउने समस्यालाई थोरै भएपनी मलम लगाउने उदेस्यले स्व. बोहराका परिवारलाई सहयोग गरिएको क्लबले जनाएको छ।

स्व. बोहराका परिवारलाई राहत मिलोस भनेर सहयोगगरिएको क्लबका अध्यक्ष तथा नेशनल लाईफ इन्स्योरेन्सका शाखा प्रबन्धक दिपक बहादुर खड्काले जानकारी दिए । मङलबार बि.एफ.आई. क्लब साँफेबगर शाखाको एक टोलीले बोहराको निवास चौरपाटी गाउँपालिका वडा नम्बर ४ मदने पुगेर राहत वाफतको २०१०१ को चेक तथा फलफुल हस्तान्तरण गरेको थियो हो।

क्रिया खर्च वाफत राहत हस्तान्तरमा BFI CLUB साँफेबगरका अध्यक्ष तथा नेशनल लाईफ इन्स्योरेन्स क.लि. साफेबगर शाखा प्रमुख दिपक बहादुर खड्का तथा कर्मचारी हेमराज जोशी क्लबका बरिस्ठ उपाध्यक्ष तथा महालक्ष्मी विकास बैंक लि. साँफेबगर शाखाका प्रबन्धक पुनित शाह, क्लबका सदस्य तथा मेरो माइक्रो फाईनान्सका शाखा प्रमुख नवीन शाह, क्लबका सदस्य तथा नाडेफ लघुबित्त शाखा प्रमुख जितेन्द्र शाह, क्लबका कोषाध्यक्ष तथा प्राईम लाईफ इन्स्योरेन्स शाखा प्रमुख धनसरा शर्मा, क्लबका सचिब तथा लक्ष्मी लघुबित्त शाखा प्रमुख हिमाल सिंह बिष्ट, क्लबका सदस्य तथा स्वाबलम्बन लघुबित्त शाखा प्रमुख निर्मल कुमार बोहरा, क्लबका उपाध्यक्ष तथा साग्रिला बैंक शाखा प्रमुख ज्ञानेन्द्र खड्का लगाएतको उपस्थिति रहेको थियो।

क्लबले केही महिना अघाडी न्याय हेल्थ नेपालका सम्पुर्ण बिरामी तथा डिउटीमा रहेका बिरामिलाई फलफुल बितरण गरेको थियो ।