मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एकैदिन १५७ जनामा कोरोना पुष्टी

अछाममा एकैदिन १५७ जनामा कोरोना पुष्टी


अछाम । अछाममा बुधबार एकैदिन १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणमा ३१ जना महिला र १ सय २६ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

जसमा कमलबजार नगरपालिकाका मात्रै १८ महिला र ६२ पुरुष गरी ८० जना रहेका छन् ।

यस्तै तुर्माखाँद गाँउपालिकाका ६ महिला र १३ पुरुष गरी १८ जना, मंगलसेन नगरपालिकाका ३ महिला र ९ पुरुष गरी १२ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।

उनका अनुसार मेल्लेख गाँउपालिकाका ४ महिला र ४२ पुरुष सहित ४६ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।