मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुल एकता समाजद्धारा जिल्लाका २ अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान

भुल एकता समाजद्धारा जिल्लाका २ अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान


अछाम । भुल एकता समाजले बयालपाटा असपताल र जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । एकता समाजले अहिलेको कोरोना महामारीलाई मध्यनजर गर्दै अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको जनाएको छ ।

बर्तमान परिस्थितीमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको योग्दान कोरोना रोकथाम र नियन्त्रणमा महत्वपूर्ण रहेको भन्दै स्वास्थ्य सुरक्षाका समाग्री प्रदान गरिएको समाजका अछाम प्रतिनिधी सेत बहादुर भुलले बताए ।

भुलका अनुसार समाजले दुवै अस्पताललाइ पिपिई सेट १०/१० थान, सर्जिकल मास्क २५/२५ पोका, एन ९५ मास्क ५०/५० थान र फेस सिल्ड २५/२५ थान बयालपाटा अस्पताललाई हस्तान्त्ररण गरिएको हो ।

समाजको सहयोगले अस्पतालहरुलाई केही हद् सम्म राहत हुने अस्पतालका प्रमुखहरुले बताए ।