मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सांसद कुवँरका छोराद्धय किशोर र दिपेन्द्रद्धारा बयालपाटा अस्पताललाई २५ हजार सहयोग

प्रदेश सांसद कुवँरका छोराद्धय किशोर र दिपेन्द्रद्धारा बयालपाटा अस्पताललाई २५ हजार सहयोग


अछाम । जिल्लाको साँफेबगर नगरपालिकाका युवा २ दाजुभाईले बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेका छन् । नगरपालिका वडा नं. ९ घर भएका किशोर कुवँर र दिपेन्द्र कुवँरले अस्पताललाई २५ हजार नगद आर्थिक सहयोग गरेका हुन् ।

सुदूरपश्चि प्रदेशका सांसद गोबिन्द कुवँरका छोराद्धयले अस्पताललाई कोरोना महामारी संग लड्नका लागि स्वास्थ्य सुरक्षा सामाग्री खरिद गर्न सहज होस् भनेर आर्थिक सहयोग गरेका उनका दाजु कृष्ण जंग कुवँरले जानकारी दिए ।

कोरोना संक्रमितहरुको उपचारमा बयालपाटा अस्पताल र त्यहाँ कार्यरत कर्मीचारीहरु सक्रिय भएर खटिरहेको भन्दै सहयोग गरेको उनिहरुले बताए ।

महामारीको यो बेला आर्थिक सहयोग गरेको भन्दै अस्पतालले कुवँरद्धय दाजुभाईलाई हार्दिक धन्यवाद दिएको छ ।

सामाजिक कार्यमा सक्रिय मनहरुलाई हृद्धय देखि नै धन्यवाद छ बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा मन्दीप पाठकले भने यो बेला यस्तै परा्ेपकारी मनहरुको खाँचो छ ।