मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उधोग बाणिज्य संघ अछामको पहलमा जिल्लाका २ अस्पतालाई अक्सिजन कन्सनटेटर सहयोग

उधोग बाणिज्य संघ अछामको पहलमा जिल्लाका २ अस्पतालाई अक्सिजन कन्सनटेटर सहयोग


अछाम : अछाम उद्योग बाणिज्य संघ अछामको पहलमा बयालपाटा अस्पताल र जिल्ला अस्पताल अछामलाई अक्सिजन कन्सनटेटर उपलब्ध गराएको छ ।

जिल्ला अस्पताल अछामलाई २ थान र बयालपाटा अस्पताल ३ थान गरि ५ थान कन्सनटेटर अस्पताललाई प्रदान गरिएको उद्योग बाणिज्य संघ अछामका उपाध्यक्ष यज्ञराज ढुंगानाले बताए । उद्योग बाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र बहादुर कडायतले सहायक प्रमुख जिल्ला अधिकारी रन्जन प्रसाद तिमिल्सैना मार्फत जिल्ला अस्पताललाई हस्तान्तरण गरे ।

गत बर्ष बयालपाटा अस्पतालमा पिसिआर मेसिन खरिदका लागि विभिन्न संघ संस्था,नागरिक समाज ,साफेगर स्थित ब्यापारी तथा विभिन्न समाजसेवि हरु मार्फत करिब ६ लाख रकम संकलन गरिएको थियो । पिसिआर मेसिन खरिद गर्ने योजना थियोे बिचमा कोरोनाको माहोल न्यून भएका कारण पिसिआर मेसिन खरिद गर्न सकिएको थिएन ।

अहिले कोरोनाले उग्ररुप लिन थालेपछि सोही रकम बाट कन्सनटेटर खरिद गरिएको वाक नेपाल अछामका अध्यक्ष मिनबहादुर कुवरले बताए । कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने अक्सिजन लगायतका अन्य उपकरणका लागि बिभिन्न दातृ निकाय संग आफुले पहल गरिरहेको उद्योग बाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायतले बताए ।

अहिलेको परिस्थिती एकदमै जटिल छ अध्यक्ष कडायतले भने यस अवस्थामा सबै क्षेत्र जिम्मेवार भएर कोरोनाको रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बताए । संक्रमितहरुको ज्यान जोगाउन जसरी स्वास्थ्यकर्मी क्रियाशिल छन् त्यसरी नै अरु सबैले पनि सहयोग गर्नुपर्ने उनको भनाई थियो । साथै उनले अस्पतालमा भर्ना भएका संक्रमितहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।