मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुंग्रेली समाज अछामद्वारा वडा नम्बर ५ लुंग्रामा स्वास्थ्य सामाग्री बितरण

लुंग्रेली समाज अछामद्वारा वडा नम्बर ५ लुंग्रामा स्वास्थ्य सामाग्री बितरण


अछाम : लुंग्रेली समाज अछामले चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रामा स्वास्थ्य सामाग्री बितरण गरेको छ । कोरोना महांमारी नियन्त्रणमा सहयोग पुग्ने हेतुले प्रर्बासका बिभिन्न ठाउँमा बस्दै आउनु भएकोे लुंग्रेली दाजुभाइले संकलनल गरि पठाएको ८२ हजार बराबरको स्वास्थ्य सामग्री बितरण गरेको छ ।

कोरीया जापाल ,युएयी ,अमेरीका भारत मा बस्दै आउनु भएका उँहाहरुले संकलन गरी पठाएको रकले स्वास्थ्य सामाग्राी खरीद गरी बितरण गरीएको हो । करिब ८२ हजार बराबरको लागतमा खरिद गरिएका उक्त सामाग्री गाउँ पालिकाको वडा नम्बर ५ लुंग्रामा रहेका प्रत्येक ब्याक्तिहरुलाई पुग्नेगरी १५ हजार सर्जिकल मास्क बितरण गरिएको र स्वास्थ्य चौकिमा पनि २ थान नेबुलाईजर,६ थान अक्सोमिटर, मास्क लगाएतका समाग्री हस्तान्तरण गरिएको लुंग्रेजी समाज समाजका अध्यक्ष कृष्ण बहादुर खड्काले जानकारी दिए ।

साथै कोरोना कोसमा सहयोग गर्ने दाताहरुलाइ सहयोगका लागि अपिल गर्नु भएको छ । कार्यक्रममा वडा नं ५ वडाका अध्यक्ष टेक बहादुर खड्का , लुंग्रेली समाजका अध्यक्ष कृष्ण बहादुर खड्का , लुंग्रेलीसमाज प्रबासका उपाध्यक्ष भरत खड्का लागायत अन्य पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

लुङग्रेली समाजले कोरोना माहांमारिबाट बच्न र बचाउन स्वास्थ्य सुरक्षाका मापदणको पालना गर्न अनुरोध गरेको छ ।