मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माण ब्यवसायी संघ सुपका अध्यक्ष भट्टद्धारा बयालपाटा अस्पतालमा अक्सिजन कन्सन्टेटर सहयोग

निर्माण ब्यवसायी संघ सुपका अध्यक्ष भट्टद्धारा बयालपाटा अस्पतालमा अक्सिजन कन्सन्टेटर सहयोग


धनगढी । निर्माण ब्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष चेतराज भट्ट ( चिरन्जीवी ) ले अछामको बयालपाटा अस्पताल लाई एक थान अक्सिजन कन्सन्टेटर सहयोग गरेका छन् ।

नेपाली कांग्रेस कैलाली अछाम सम्पर्क समितीका अध्यक्ष समेत रहेका उनले महामारीको चपेटामा परेका विरामी लाई सहयोग पुग्ने उदेश्यले अक्सिजन कन्सन्टेटर सहयोग गरेको भट्टले बताए ।  उनले यस्ता महा विपतिमा सवै देशभक्त नागरिकले सक्दो हयोग गरेको अवस्थामा विपति लाई सहजै परास्त गर्ने सकिने बताए ।

भट्टले आफुले हरेक विपतिमा सक्दो सहयोग गदै आएकोमा अहिले पनि कोरोनाका विरामी लाई अतिआश्यक पर्ने अक्सिजन कन्सन्टेटर सहयोग गरेको बताए ।

भट्टले अक्सिजन कन्सन्टेटर एक कार्यक्रमका विच अस्पताल प्रशासन लाई वुझाएका हुन् । सो कन्सन्टेटर विरामीको उपचारमा सहयोग पुग्ने अस्पतालले जनाएको छ ।