मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छिमेक लघुबित्तद्धारा ईलाका प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान

छिमेक लघुबित्तद्धारा ईलाका प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान


संस्थाका सदस्य संक्रमित भए २ हजार, अस्पताल भर्ना भए १० हजार उपचार खर्च

अछाम । छिमेक लघु बित्त बित्तिय संस्था लिमिटेड शाखा कायालय साँफेबगरले ईलाका प्रहरी कार्यालय साँफेबगरलाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको छ ।

अहिलेको कोरोना महामारीको परिस्थितीलाई मध्यनजर गर्दै देश र जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरिएको बित्तिय संस्थाले जनाएको छ ।

सुरक्षामा खटिदाँ स्वास्थ्य मापदण्ड पालना गर्न सहजहोस् भन्ने हेतुले सामाग्री बितरण गरिएको शाखा प्रबन्धक देबेन्द्र थापाले बताए । निटाईजर, ७ थान, मास्क १० प्याकेट, डिटोल साबुन २ दर्जन, ग्लोब्स ५ प्याकेट ईलाका प्रहरीलाई प्रदान गरिएको थापाले बताए ।

बित्तिय संस्थाले संस्थामा आवद्ध भएका सदस्यहरु कोरोना संक्रमित भएको खण्डमा फलफलु र खाजाका लागि भनेर प्रति व्यक्ती २ हजार रुपयाँ समेत दिने गरेको उनको भनाई छ ।

यस्तै संक्रमित भएर अस्पताल भर्ना हुनु परेको खण्डमा प्रतिव्यक्ती १० हजार उपचार खर्च समेत संस्थाले व्यहोर्ने थापाले बताए । संस्थाले आगामी दिनमा नगरपालिका र अस्पतालमा समेत स्वास्थ्य सुरक्षाका सामाग्री बितरण गर्ने योजना बनाएको थापाले सुदूरआजलाई जानकारी दिए ।