मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाध्यक्ष भण्डारी स्वास्थ्यकर्मी सहित वडाको टोल टोलमा, आज नवाँगाउ टोलमा स्वास्थ्य शिविर सम्पन्न

वडाध्यक्ष भण्डारी स्वास्थ्यकर्मी सहित वडाको टोल टोलमा, आज नवाँगाउ टोलमा स्वास्थ्य शिविर सम्पन्न


फाइल फोटो

अछाम : मंगलसेन नगरपालिका वडा न ६ को नवाँगाउ टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंगलसेन नगरपालिका वडा नं. ६ ले संचालन गरेको टोल स्वास्थ्य शिविर सोमबार नवाँगाउ टोलमा सम्पन्न भएको हो ।

कोभिड १९ को कारण लकडाउ अर्थात बन्दाबन्दीमा रहेका वडाबासि बाल वालिका, महिला र जेष्ट नागरिकका लागी वडा कार्यालयको समन्यमा स्थानिय स्वास्थ्य संथाका प्रमुख स्वास्थ्यकर्मि र जनप्रतिनिधीको सहभागीतामा स्वास्थ्य मापदण्डको पालना सहित संचालन भएको स्वास्थ्य संचालन भैरहेको छ।

शिविरमा नवाँगाउ टोलका ३ जना बालवालिका ९ जना पुरुष ७ जना पेष्टनागरीक महिला र ६ जना अन्य महिला गरी २५ जना विरामिको उपचार गरिएको शहरी स्वास्थ्य किलिनिक ठुलासैनका ईन्चार्ज मिनारावल भण्डारीले बताए ।

शिविरमा सामान्य जरो, पखाला , रुघा खोकी टाउको दुख्ने लगायतका लक्षण भएका विरामीको उपचार गरिएको भन्थान सामुदायिक स्वास्थ्य केन्द्रका ईन्चार्ज लक्षमण भण्डारीले बताए ।

शिविरमा आएका सबैलाई बडा अध्यक्ष जनकराज भण्डारीले कोरोना बाट र अन्य रोगबाट बच्न सरसफईमा र खानपिनमा ध्यानदिन अनुरोध गरे। शिविर मंगलबार वडाको गुठिना टोलमा संचालन गरिने भएको वडा अध्यक्ष जनकराज भण्डारीले सुदूरआजलाई जानकारी दिए ।