मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. भिम रावलद्वारा जिल्लाका २ अस्पताललाई १० थान अक्सिजन कन्सन्टेटर प्रदान

डा. भिम रावलद्वारा जिल्लाका २ अस्पताललाई १० थान अक्सिजन कन्सन्टेटर प्रदान


अछाम । प्रतिनिधी सभा सदस्य माननिय डा. भिम रावलले अछामका दुई अस्पताललाई स्वास्थ्य उपकरण तथा समाग्री उपलब्ध गराएका छन् ।

पूर्व उपप्रधान एवंम गृह मन्त्री रावलले जिल्ला अस्पताल मंगलसेन र बयालपाटा अस्पतालका लागि ५/५ थान १० लिटरका अक्सिजन कन्सन्टेटर उपलब्ध गराएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका रावलको पहलमा दुई वटै अस्पताललाई थप २/२ हजार थान मास्क र २०/२० लिटर हेण्ड सेनिटाईजर समेत प्राप्त भएको छ ।

कोरोना महामारीका बेला जिल्लाका दुई अस्पतालले बिरामीको उपचारमा उल्लेख काम गरको भन्दै आफ्नो पहलबाट सहयोग उपलब्ध गराएको डा. रावलले बताए ।

डा. रावलको पहमा करुणा प्रतिष्ठान नेपालले बिआईए प्रतिष्ठान नेपालको बिषेश सहयोगमा अछाम पुर्याएको थियो ।

डा. रावलले कोरोना भाईरसको संक्रमण तथा जोखिमका बेला अस्पताललाई उपलब्ध गराएका अक्सिजन कन्सन्टेटर तथा स्वास्थ्य सामाग्री जिल्लामा दुवै अस्पताललाई आज हस्तान्तरण गरिएको छ ।

उक्त सामाग्रीले दुइटै अस्पतालमा उपचाररत कोभिड संक्रमितहरुलाई अक्सिजन आपूर्तिमा ठूलो राहत पुग्ने र स्वास्थ्यकर्मीहरुलाइ समेत सहज बताईएको छ । हुनेछ।