मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बान्नीगढी गाँउपालिकाको एकपछी अर्को खुशीको निर्णय : पिसिआर प्रयोगशालालाई ५ लाख सहयोग

बान्नीगढी गाँउपालिकाको एकपछी अर्को खुशीको निर्णय : पिसिआर प्रयोगशालालाई ५ लाख सहयोग


अछाम : जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाले कमलवजार नगरपालिकाले सञ्चालन गरेको अछामको एकमात्रै कोरोना आर टी पिसिआर परीक्षण प्रयोगशालालाई रु ५ लाख सहयोग गरेको छ ।

मंगरबार गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले कमलबजार नगरपालिकाका जनस्वास्थ्य अधिकृत चक्र बहादुर विष्टलाई उक्त चेक हस्तान्तरण गरे।

अछाममा एक मात्र पिसिआर प्रयोगशालाको नियमित संचालनमा सहयोग पुगोस् भन्ने हेतुले पाँच लाख सहयोग गरेको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

अछाम जिल्लामा कोरोना परीक्षणका लागि कमलबजार पिसिआर प्रयोगशाला मात्रै रहेकाले उक्त प्रयोगशालालाई नियमित संचालनमा ल्याउनका लागि सबै क्षेत्रले सके जति सहयोग गर्नुपर्ने अध्यक्ष खड्काले बताए । आगामी दिनमा समेत थप सहयोगको लागि गाउँपालीका तयार रहेको उनले बताए ।

जिल्लाको एक मात्र पिसिआर प्रयोगशाला संचालन गर्नका लागि आर्थिक अभावको कारणले सञ्चालनमा समस्या नहोस भन्दै गाउँपालिकाले अनुदान स्वरुप ५ लाख उपलब्ध गराएको बान्नीगढी जयगढ गाउँपालीका निमीत्त प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र जोशिले बताए ।

बान्नीगढी जयगढ गाउँपालीकाले गरेको आर्थिक सहयोग प्रति कमलबजार नगरपालिकाका जनस्वास्थ्य अधिकृत चक्र बहादुर विष्टले गाउँपालिकालाई धन्यवाद दिएका छन् ।