मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकको सुरक्षामा कुनै कसर बाँकी नराख्ने नगर प्रमुख कुँवरको प्रतिबद्ता

नागरिकको सुरक्षामा कुनै कसर बाँकी नराख्ने नगर प्रमुख कुँवरको प्रतिबद्ता


अछाम : जिल्लाको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले कोरोना भाइरस संक्रमण समुदायमा फैलिएको बताउदै सम्पुर्ण नागरिकलाई सजक रहन आग्रह गरेका छन्। स्वाब संकलनको अवस्था बुझ्न बयलपाटा अस्पतालमा पुग्नुभएका नगर प्रमुख कुँवरले बढ्दै गएको कोरोना भाइरस संक्रमण दर न्यूनीकरणको लागि सम्पुर्ण नागरिक जिम्मेवार बन्नु पर्नेमा जोड दिए ।

कोरोना भाइरस स्वाब परिक्षणको लागि बयलपाटा अस्पतालमा आएका नागरिकलाई सुझाव दिदै रिपोर्ट नआउदा सम्म सुरक्षित रूपमा घरमै बस्नको लागि नगर प्रमुख कुँवरले आग्रह गरे। स्वाब दिईसकेपछी पनि जहाँ त्यहि घुम्ने गरेका कारण अहिले नगरपालिकामा संक्रमण दर समुदाय फैलिएको नगर प्रमुख कुँवरको भनाई छ ।

स्वास्थकर्मी, प्रहरी प्रशासन, सन्चारकर्मिका साथमा अस्पताल पुगेका नगर प्रमुख कुँवरले स्वाब दिईसकेपछी हाँ त्यहि घुम्ने गरेको पाएमा कार्बाही हुने समेत चेतावनी दिए । उनले नागरिकको सुरक्षाको लागि नगरपालिकाले गर्नु पर्न सहयोगमा कुनै कसर बाकी नराख्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो विपत्तिको बेला सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्नेमा उनको जोड छ । यस्तै बयलपाटा अस्पतालका मेडिकल निर्देशक डा.मन्दिप पाठकको कोरोनाको संक्रमण समुदायमा फैलिएको भन्दै सचेत रहन र स्वास्थमा समस्या देखीएमा अस्पताल जाच गर्नको लागि सुझाव दिए ।

टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, हाछ्युँ आउने, आँखा रातो हुने, शरीर दुख्ने, पखाला लाग्ने, सास फेर्न कठिन हुने लगायत लक्षण देखीएम तुरुन्त परिक्षण गर्न उनको सुझाव । बयलपाटा अस्पतालका साँफेबगर नगरपालिकाको सहयोगमा हप्ताको दुई दिन सोमबार र बिहीबार स्वाब संकलन गरिने मेडिकल निर्देशक डा. पाठकले जानकारी दिए।

मेडिकल निर्देशक डा. पाठकले कोरोना भाईरस बाट बच्नको लागि घर बाहिर निस्किनु परेमा मास्कको प्रयोग, साबुनपानीले हात धुने र अनावश्यक बाहिर नजान समेत आग्रह गरे ।