मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका लागि सुदूरपश्चिमेली नेपाली समाजको आर्थिक सहयोग

धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका लागि सुदूरपश्चिमेली नेपाली समाजको आर्थिक सहयोग


कैलाली । धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि सुदूरपश्चिमेली नेपाली समाजले आर्थिक सहयोग गरेको छ। सयुक्त अभियान माफर्त संकलन भएको १ लाख ५१ हजार मेयर कल्याणकारी कोषमा जम्मा हुने गरि धनगढी उपमहानगरपालिका का मेयर नृप वडलाई चेक हस्तान्तरण गरिएको छ।

विश्व नै कोविड-१९ महामारीले आक्रान्त भएको बेला वर्तमान स्थितिमा सुदूरपश्चिम प्रदेशमा झन भयावह स्थिति उत्पन्न भएको अवस्थामा उक्त समस्या समाधानको लागि आर्थिक सहयोग गरेको समाजका अध्यक्ष धनबहादुर बलायरले बताए।

सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका नेपाल संयोजक चेतन बहादुर थापाको नेतृत्वमा सोमबार धनगढी उपमहानगरपालिकाको कार्यालयमा उपस्थिति भएर चेक हस्तान्तरण गरिएको हो ।

सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका लागि नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र स्वास्थ्य, शिक्षा लगायत विभिन्न परोपकारी कार्यको लागी समाज स्थापना गरिएको सुदूरपश्चिम कोविड १९ विपद व्यवस्थापन संयोजक एवं महिला उपाध्यक्ष सुमि शाहिले बताए ।

सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत रकम सहयोग गरेको उनको भनाइ छ।