मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम विकास नेपालद्धारा बयालपाटा अस्पतालललाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान ।

सम विकास नेपालद्धारा बयालपाटा अस्पतालललाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान ।


अछाम । सम विकास नेपाल अछामले बयालपाटा असपताललाई स्वास्थ्य सुरक्षाका सामाग्री र उपकरण प्रदान गरेको छ ।

कोरोना महामारीका बेला अग्रपंक्तीमा रहेका स्वास्थ्यकर्मीहरुलाई काम गर्न सहज होस् भनेर स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरिएको सम विकास नेपालले जनाएको छ ।

सुरक्षा सामाग्री र उपकरणमा ५ थान प्लस् अक्सिमिटर, ५ थान पिपिई र अस्पतालमा सुत्केरी गराउन आउने महिलाका लागि सहज होस् भनेर अछाममै उत्पादन भएका सेनिटरी प्याड लगायतका सामाग्री रहेका छन् ।

बयालपाटा अस्पताल र त्यहाँ कार्यरत कर्मचारीहरु दिनरात खटेर कोरोना संक्रमितको उपचारमा सक्रिय रहेकोले उक्त कार्यमा सहयोग पुगोस् भनेर सामाग्री दिईएको सम विकास नेपालका कर्मचारलिे बताए ।

सम विकास नेपालको सहयोग प्रति बयालपाटा असपताल आभारी हुदैँ धन्यवाद ज्ञापन गरेको मेडिकल निर्देशक डा. मन्दीप पाठकले बताए ।

आगामी दिनमा कोरोना संक्रमितलाई खाना खुवाउन सहयोग पुगोस् भनेर आर्थिक सहयोग गर्ने योजना सम विकास नेपाल रहेको पनि बताईएको छ ।