मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुशासन, पारर्दशी तथा समृद्ध समाजका लागि युवाहरु एकमत

सुशासन, पारर्दशी तथा समृद्ध समाजका लागि युवाहरु एकमत


अछाम सुशासन, पारर्दशी तथा समृद्ध समाजका लागि बान्नीगढी जयगढ गाउँपालिकाका युवाहरू एकमत भएका छन् ।

सप्ताह व्यापी अन्तरक्रिया कार्यक्रम सुरु गर्दै युवाहरू उक्त अभियानका लागी एकमत भएका हुन् । अनियमितताको अन्त्य सँगै बान्नीगढी जयगढ गाउँपालिकाको समृद्धिका लागी युवाहरू बिच छलफल गर्न सप्ताहव्यापी भर्चुअल जूम मिटिंगको सुरुवात गरिएको छ ।

आज (मङ्गलवार ) देखी सुरु भएको भर्चुअल जूम मिटिङ यही जेठ १७ गतेसम्म सञ्चालन गरिने समृद्ध जयगढ गन्तव्य अभियानका संयोजक तारा प्रसाद पाण्डेले बताए ।

भर्चुअल जूम मिटिङमा बान्नीगढी जयगढ गाउँपालिकाका युवाहरूसँगै बान्नीगढी जयगढ गाउँपालिका स्थायी ठेगाना भई हाल विभिन्न क्षेत्र तथा ओहोदामा रहनु भएका ७ जना अतिथिहरूले युवाहरूलाई मार्ग प्रशस्त गर्नुका साथै आफ्ना अनुभवहरू आदान प्रदान गर्ने गराउने छन् ।

भर्चुअल मिटिङको पहिलो दिन कार्यक्रमका प्रमुख अतिथि तथा वक्ता पूर्ण रावलले कार्यक्रमका सहभागीका जिज्ञासा मेटाउनुका साथै अभियान सञ्चालनका लागी आवश्यक सुझाव तथा सल्लाह प्रदान गरे ।

अभियान कुनै पनि व्यक्ति तथा समूहलाई लक्षित नगरी स्वतन्त्र रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै रावलले यो सकारात्मक तथा रचनात्मक कार्यक्रमको अनुसरण सबै तिर हुने अपेक्षा गरे ।

समाजमा अझै पनि सकारात्मक क्रियाकलाप तथा प्रयासहरू सजिलै स्वीकार गर्ने प्रवृत्तिको विकास हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै रावलले युवाहरूलाई हतोत्साहित नभई अभियानलाई निरन्तर जारि राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा पूर्व जिल्ला विकास समिति सदस्य समाजसेवी तीलक खत्री तिमिल्सैना, मोहनमान स्वार, अर्थविद् झपट बोहरा, पूर्ण रावल, भरत खड्का, नरेन्द्र साउँद, हिम बहादुर विश्वकर्मा लगायत रहेका छन् ।

अन्तरक्रिया कार्यक्रमको पहिलो दिन ४० बढी युवाहरूको सहभागिता रहेको थियो । जेठ १७ गतेसम्म प्रत्येक दिन साँझ ३:३० देखी साँझ ५ बजेसम्म भर्चुअल जूम मार्फत कार्यक्रम सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।