मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयलपाटा अस्पताललाई ढकारी गाउँपालिकाको २ लाख आर्थिक सहयोग

बयलपाटा अस्पताललाई ढकारी गाउँपालिकाको २ लाख आर्थिक सहयोग


अछाम : जिल्लाको ढकारी गाउपालिकाले स्वास्थ्य सामाग्रि खरिदका लागि बयलपाटा अस्पताललाई २ लाख रुपैया आर्थिक सहयोग गर्ने निणर्य गरेको छ ।

कोरोना भाईरस कोभिड १९ को महामारीले जिल्लामा दिन प्रतिदिन कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको र मृत्युदर पनि उच्च रहेकाले त्यसको न्यूनिकरणका लागि टेवा पुगोस भन्ने हेतुले स्वास्थ्य सामाग्री खरिदका लागि बयलपाटा अस्पताललाई आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो ।

कोरोना संक्रमित, आईशोलेशन निर्माण, नागरिकहरुको ज्यान जोगाउँन अक्सिजन सिलिन्डर लगायतका स्वास्थ सामाग्रि खरिदमा सहयोग पुग्ने हिसाबले ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढाले बताए ।

कोरोना भाईरसको दोस्रो लहरको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै अछाममा निशेधाज्ञा जारी गरिएको छ । यसअघि पनि कमलबजार पिसीआर प्रयोगशालालाइृ आर्थिक सहयोग गदै आईरहेको अध्यक्ष बुढाले जानकारी दिए ।