मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभियान्ता ढुगांनाको नेतृत्वमा संकलित रकम जिल्ला अस्पताल र कमलबजार पिसिआरलाई हस्तान्तरण

अभियान्ता ढुगांनाको नेतृत्वमा संकलित रकम जिल्ला अस्पताल र कमलबजार पिसिआरलाई हस्तान्तरण


अछाम । कोरोनाभाईरसको सँक्रमण तथा जोखिम बढिरहेका बेला अछाममा जनस्तरबाट सुरु भएको आर्थिक रकम संकलन अभियान मार्फत संकलित रकम हस्तान्तरण गरिएको छ । जिल्ला अस्पताल मंगलसेनलाई आवश्यक अक्सिजन, स्वास्थ्य सामाग्री र कमलबजार नगरपालिकाद्वारा संचालित पिसिआर ल्यावलाई आवश्यक पर्ने आर्थिक सहयोग गर्ने उदेश्यका साथ जनस्तर बाट अभियान संचालन गरि अहिलेसम्म सँकलित ३ लाख २६ हजार बढि रकम हस्तान्तरण गरिएको छ ।

सामाजिक सेवाका साथ युवा अगुवा अभियान्ता शिद्ध प्रसाद ढुगानाले थालेको अभियान मार्फत झण्डै ३७ जनाबाट सँकलित रकम ढुगानाकै जन्म दिनको अवसरमा हस्तान्तण गरिएको हो । जस अन्तर्गत २ लाख २६ हजार ४ सय ६१ रुपैया उधोग बाणिज्य संघ अछामका पुर्व अध्यक्ष एवम समाजसेवी चन्द्र प्रसाद ढुंगानाले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनाललाई चेक हस्तान्तरण गरे ।

साथै सोही अवसरमा १ लाख रुपैयाको चेक अछाम सार्वजनिक यातायात प्रालिका अध्यक्ष झंकर प्रसाद भाटले कमलबजार नगरपालिकाका स्वास्थ्य शाखा चक्र बहादुर बिष्टलाई हस्तान्तरण गर्नु भएको थियो । आर्थिक रकम सहयोग अभियान अहिलेसम्ममा सबै भन्दा धेरै आर्थिक रकम वन तथा वातावरण मन्त्री प्रेम आले र अछाम सार्वजनिक यातायात प्रालिको तर्फबाट १/१ लाख सहयोग प्राप्त भएको अगुवा ढुगांनाले बताए ।

सामाजिक सेवा भावनाको साथ सँन्चालन गरेको अभियान रको नेतृत्व गर्न पाउँदा खुसी लागेको बताउदै अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद अझै पनि सबैलाई सहयोग गरिदिन आग्रह गरे।

सहयोगी अभियानमा जोडिएका ब्यक्तिको नामावली यसप्रकार रहेको छ।

१) सिद्ध प्रसाद ढुंगाना रु ५०००/ २) डम्बर स्वार रु २०००/ ३) राजेश भाट रु ११११/ ४) जगत ओड रु ५००/ ५) डम्बर विसी रु ११०५/ ६) धन बहादुर केसी रु २५२५/ ७) शैलेश ढुंगाना रु ५०००/ ८) नगेन्द्र जङ्ग कुवर रु १५००/ ९) भिम बोगटी रु २१००/ १०) रमेश कठायत रु ५१००/ ११) सुरेन्द्र सोडारी रु ५०००/ १२) खेम राज रेग्मी रु ५०००/ १३) रिदम विसी रु १५५५/ १४) नारायण ढुंगाना रु १०००/ १५) सरिता कुँवर रु २०००/ १६) लक्ष्मण शाही रु २०००/ १७) नमराज न्यौपाने रु २५००/ १८) तारामान धामी रु १११००/ १९) नृप सुवेदी रु १११०/ २०) धन राज साँउद रु ५०००/ २१) योगेन्द्र तिमिल्सिना रु ५०००/ २२) पुस्प रावल रु ५०००/ २३) दिपेन भण्डारी रु १०००/ २४) गोरख भण्डारी रु १५०५ २५) पुस्प केसी रु २००५/ २६) कलावती जोशी (ढुंगाना) रु ३०००/ २७) भोज राज ढुंगाना (विराज) रु १०००/ २८) रतन भाट रु १०००/ २९) भिम प्रसाद भाट रु १०२०/ ३०) प्रभुनाथ देवकोटा रु ५०००/ ३१) ठन्डराज भाट रु २१२५/ ३२) सुरज ढुंगाना रु १५००/ ३३) कृष्ण प्रसाद भण्डारी रु २०००/ ३४) अछाम सार्वजनिक यातायात प्रा.ली रु १०००००/ ३५) उत्तम प्रसाद ढुंगाना रु १०१००/ ३६) वन तथा वातावरण मन्त्री माननिय प्रेम आले रु १०००००/ ३७) हंस राज भाट रु २३०००/ जम्मा: ३२६४६१ (अक्षेरुपी तिन लाख छब्बिस हजार चार सय एकसट्टी मात्र)