मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिस्नेडी टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न ।

सिस्नेडी टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न ।


अछाम : जिल्लाको मंगलसेन नगरपालिका ६ सिस्नेडी टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंगलसेन नगरपालिका वडा नं. ६ ले संचालन गरेको टोल स्वास्थ्य शिविर विहिवार सिस्नेडी टोलमा सम्पन्न भएको हो ।

कोभिड १९ को कारण बन्दाबन्दीमा रहेका बाल वालिका, महिला र जेठ नागरिकका लागी वडा कार्यालयको समन्वयमा स्थानिय स्वास्थ्य संथाका प्रमुख स्वास्थ्यकर्मि र जनप्रतिनिधीको सहभागीतामा टोल स्वास्थ्य शिविर संचालन गरिएको हो।

स्वास्थ्य मापदण्डको पालना सहित संचालन भएको स्वास्थ्य शिविरमा सिस्नेडी टोलका १ जना बालवालिका १० जना जेष्टनागरीक २४ जना महिला र २० पुरुष गरी ४४ जना विरामिको उपचार गरिएको शहरी स्वास्थ्य किलिनिक ठुलासैनका ईन्चार्ज मिनारावल भण्डारीले बताइन् ।

शिविरमा सामान्य जरो, पखाला , रुघा खोकी टाउको दुख्ने ,रक्तचाप , चोटपटक लगायतका लक्षण भएका विरामीको उपचार गरिएको भन्थान सामुदायिक स्वास्थ्य केन्द्रका ईन्चार्ज लक्षमण भण्डारीले बताए ।

शिविर शुक्रबार ठुलासैन पुरानापानी टोलमा संचालन गरिने भएको वडा अध्यक्ष जनकराज भण्डारीले वताए । टोल स्वास्थ्य शिविरमार्फत हाल सम्म १ सय ६९ जना विरामिले सेवा लिएका छन ।