मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छिमेक लघुवित्त वित्तीय संस्थाद्वारा टिकापुर नगरपालिकालाई २० हजार आर्थिक सहयोग

छिमेक लघुवित्त वित्तीय संस्थाद्वारा टिकापुर नगरपालिकालाई २० हजार आर्थिक सहयोग


टिकापुर- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड नारायणपुर शाखाले टिकापुर नगरपालिका लाई २० हजार आर्थिक सहयोग गरेको छ। यस्तै संस्थाले प्रहरी चौकी सत्ती लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

लघुवित्त संस्थाले यस्तो कोरना महामारीमा रोकथाम र नियन्त्रणमा राहत पुगोस भनेर आर्थिक सहयोग र सुरक्षा निकायमा खटिएका प्रहरी लाई स्वास्थ सामाग्री सहयोग गरेको सस्थाका नारायणपुर शाखा प्रमुख लोकेन्द्रबहादुर शाहले बताए ।

सस्थाको सहयोगले थोरै भएपनि कोराना रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने टिकापुर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद अर्यालले बताए ।

सहयोग गरेकोमा अर्यालले संस्थालाई धन्यवाद समेत दिए । साथै नारायणपुर शाखा प्रमुख शाहका अनुसार छिमेक लघिवित्त हाल नेपाल भरी यसै गरि हरेक स्थानीय तह र सुरक्षा मा खटिएका प्रहरी लाई सहयोग गरेको बताए।

कोरना महामारीमा आफ्ना सदस्य वर्गहरुको लागि कोरना पुष्टि भएमा २ हजार र पुष्टि भइ हस्पिटल भर्ना हुने अवस्था भएमा रु १० हजार सम्म सस्थाले सहयोग गर्ने गरेको समेत उनले बताए।