मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालका स्वास्थ्यकर्मीले भने ‘बाँके घट्नाले हामीलाई दुखी तुल्याएको छ’

बयालपाटा अस्पतालका स्वास्थ्यकर्मीले भने ‘बाँके घट्नाले हामीलाई दुखी तुल्याएको छ’


अछाम । जिल्लाको बयालपाटा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले बाँकेको भेरी अस्पतालमा भएको घट्ना प्रति दुख व्यक्त गरेका छन् । उनिहरुले चिकित्सक र नर्सहरुमाथि भएको आक्रमण गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालका कर्मचारीले बाँकेमा भएको घट्नाले दुर्गम क्षेत्रमा रहेर काम गर्ने हामी स्वास्थ्यकर्मीको नोबल कम्जोर बनाएको उल्लेख गरेका छन् ।

अहिलेको परिस्थितीमा चिकित्सक र स्वास्थ्यकर्मीलाई हौसल्ला प्रदान गर्नुको सट्टा कार्यस्थलमै स्वास्थ्यकर्मी माथी सांघातिक हमला हुने खालका क्रियाकलाप दिनानुदिन हुदैँ जानुले हामीलाई दुखी तुल्याएको छ विज्ञप्तीमा भनिएको छ ।

आफ्नो घरपरिवार भन्दा बिरामीको सेवालाई केन्द्रमा राखेर बिगत लामो समय देखि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो पेशागत धर्म निर्वाह गर्दै संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा क्रियाशिल रहेका बेला हौसल्ला प्रदान गर्नुको साटो सांघातिक हमला हुनु निन्दनीय भएको विज्ञप्ती मार्फत उल्लेख गरिएको छ ।

आगामी दिनमा यस्ता प्रकार घट्ना दोहोरिन नदिन सबै सरोकारवाला पक्षलाई आग्रह गर्दै भेरी अस्पतालमा भएको घट्नाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीका लागि बयालपाटा अस्पतालका स्वास्थ्यकर्मीले जोडदार माग गरेका छन् ।

No description available.