मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणतन्त्र दिवस : जेसीसद्वारा बिरामीका कुरुवालाई निःशुल्क खाना

गणतन्त्र दिवस : जेसीसद्वारा बिरामीका कुरुवालाई निःशुल्क खाना


अछाम : अछाम जेसीसले जिल्ला अस्पताल अछामका बिरामीका कुरुवालाई नि:शुल्क खाना सहयोग कार्यक्रम सुरु गरेको छ । बिरामीलाई जिल्ला अस्पतालबाटै खाना पाइने भए पनि कुरुवाका लागि खाना सहयोग थालिएको हो ।

विआर्सि नेपालको रातो बाल्टिन परियोजनाको सहयोगमा जिल्ला अस्पताल अछामका बिरामी कुरुवाका लागि निःशुल्क खाना सहयोग कार्यक्रम सुरु गरिएको र उक्त कार्य १ हजार खाना छाक सम्म खुवाइने अछाम जेसीसका अध्यक्ष अम्मरनाथ न्याैपानेले बताए । हरेक दिन बिहान र बेलुका खाना खुवाइने छ ।

विश्वव्यापी कोरोना महामारीका कारण जारी निषेधाज्ञाले बिरामी तथा कुरुवा समस्यामा परेका, वरिपरिका हाेटल समेत बन्द भएका कारण सहज खाना प्राप्तिमा समस्या भएको तथा यो बेला आर्थिक समस्या समेत हुने भएकोले बिरामी कुरुवाका लागि खाना सहयोग गरिएको कार्यक्रमका सम्पर्क व्यक्ति तथा अछाम जेसीसका निवर्तमान अध्यक्ष तुलाराम बिसीले बताए ।

अछाम जेसीसले शनिवार बिहानसम्म ३२ जना बिरामीका कुरुवालाई खाना सहयोग गरेको छ । जिल्ला अस्पतालमै आएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि खाना वितरण गर्ने गरिएको छ । कोरोना महामारीका कारण समस्या उत्पन्न भैरहेकाे बेला निःशुल्क खाना सहयोग गरेकोमा कुरुवाले धन्यवाद व्यक्त गरेका छन् ।

यो कार्य सकारात्मक भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी गङ्गा बुढामगरले बताइन् । शनिवार बिहान खाना खुवाउने कार्यक्रममा जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रभुनाथ खनाल, अस्पतालका स्वास्थ्यकर्मी, अछाम जेसीसका पूर्व अध्यक्ष नमराज न्यौपाने, कार्यकारिणी उपाध्यक्ष हरिश्चन्द्र रावल, उपाध्यक्ष मनकला न्यौपाने, रञ्जना तिमिल्सैना, सूर्य परियार लगायतको सहभागिता रहेको अछाम जेसीसका महासचिव टेकराज भण्डारीले जानकारी दिए ।