मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय सरकारद्वारा सुदूरपश्चिमलाई १४ अर्ब ५८ करोड बजेट अनुदान

संघीय सरकारद्वारा सुदूरपश्चिमलाई १४ अर्ब ५८ करोड बजेट अनुदान


धनगढी: अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले सुदूरपश्चिम सरकारलाई १४ अर्ब ५८ करोड बजेट अनुदान दिने भएको छ।

सरकारले प्रदेश सरकारका लागि छुट्याएको कुल १ खर्ब ३ अर्ब ७० करोड २५ लाख बजेटमध्ये सुदूरपश्चिम सरकारलाई १४ अर्ब ५८ करोड बजेट अनुदान दिने भएको हो। यसरी हस्तान्तरण हुने रकमध्ये सुदूरपश्चिम प्रदेशको हकमा १० अर्ब ६३ करोड रुपैयाँ चालु प्रयोजनमा र ३ अर्ब ९४ करोड रुपैयाँ पुँजीगत प्रयोजनमा खर्च हुनेछ।

तथ्यांक अनुसार यो वर्ष प्रदेश १ ले सबैभन्दा बढी १६ अर्ब २९ करोड ३६ लाख रुपैयाँ पाउनेछ भने गण्डकी प्रदेशले सबैभन्दा कम १३ अर्ब २ करोड ९७ लाख रुपेयाँ पाउने छ। सरकारले संघबाट चार प्रकारका अनुदान वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान तल्लो सरकारमा पठाउने गरेका छन् ।