मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका लागि ३ अर्ब ४० करोड ५८ लाख बजेट, कुन पालिकालाइ कति ?

अछामका लागि ३ अर्ब ४० करोड ५८ लाख बजेट, कुन पालिकालाइ कति ?


अछाम : अछाम जिल्लाका लाग संघिय सरकारले बजेट बिनियोजित गरेको छ । अछामका १० वतै स्थानिय पालिकाहरुका लागि ३ अर्ब ४० करोड ५८ लाख बजेट बिनियोजन गरिएको छ ।

जिल्लाका १० पालिका मध्ये सबै भन्दा बढी साँफेबगर नगरपालिकामा ५० करोड ४० लाख र सबै भन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा २३ करोड ६४ लाख बजेट रहेको छ ।

जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिका ३८ करोड १७ लाख, मेल्लेख गाउपालिका ३५ करोड ७२ लाख, तुर्माखाद गाउँपालिकामा ३४ करोड ८३ लाख बजेट रहेको छ ।

यसतै कमलबजार नगरपालिकालाई ३४ करोड ६७ लाख, पचदेवल बिनायक नगरपालिका ३३ करोड ८७ लाख, रामारोशन गाउँपालिका ३३ करोड १६ लाख, चौरपाटी गाउपालिका ३० करोड २० लाख र ढकारी गाउँपालिकालाई २५ लाख ९२ लाख बजेट रहेको छ ।