मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुर्व गाविस अध्यक्ष शाहको निधन प्रति वडा अध्यक्ष बटालाद्वारा दुख व्यक्त

पुर्व गाविस अध्यक्ष शाहको निधन प्रति वडा अध्यक्ष बटालाद्वारा दुख व्यक्त


अछाम : जिल्लाको रामारोशन गाउँ पालिका वडा न ४ निवासी तत्कालीन २०५४ सालका निर्वाचित बाटुलासेन गाउँ विकास समिति अध्यक्ष मीन बहादुर शाहको निधन भएको छ।

उनको निधन प्रति रामारोशन गाउँ पालिका वडा न .४ का वडा अध्यक्ष केश बहादुर बटाला ले दुख व्यक्त गरेका छन। आज एक शोक वक्तव्य जारी गर्दै वडा अध्यक्ष बटाला ले पुर्व गाविस अध्यक्ष शाहको निधनले एक सरल, असल, निष्ठावान अभिभावक बाटुलासेन बासिले मात्र नभएर सिङ्गो समाज गुमाएको बताए।

शाहको निधनले बाटुलासेनलाई अतुलनीय क्षेति पुगेको समेत बताएका छन । शिक्षा आफ्ना लागि सदैब मार्गदर्शक भएको भन्दै वडा अध्यक्ष बटालाले उहाँको आवश्यकता सधैं महशुस भइरहने बताए ।

साथै दुखकोको यश घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल बाटुलासेन वासि तथा सम्पूर्ण परिवारजनहरमा गहिरो समवेदना प्रकट गरेका छन ।

शाहको निधनका कारण एक दिन वडा कार्यालय समेत बन्द गरिने वडा अध्यक्ष बटालाले बताए । विगत केहि बर्ष यता कैलालीको लम्किमा बस्दै आउनु भएका स्वर्गीय शाहको उपचारको क्रममा ६० बर्षको उमेरमा करुणा अस्पताल काठमाडौं निधन भएको स्थानीय पुष्प बिष्टले बताए ।