मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य संस्थामा औषधि अभाब भयो तुरुन्त खबर गर्नुस : नगर प्रमुख कुँवर

स्वास्थ्य संस्थामा औषधि अभाब भयो तुरुन्त खबर गर्नुस : नगर प्रमुख कुँवर


नगरप्रमुख कुवँरद्धारा स्वास्थ्य संस्थाको अनुगमन तिव्र

अछाम : जिल्लाको साँफेबगर नगरपालिकाको कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिकाले नगरका स्वास्थ संस्थाको अनुगमन कार्यलाई तिब्र रुपमा अघि बढाएको छ । साँफेबगर नगरपालिकाकाका प्रमुख कुलबहादुर कुँवरको नेतृत्वमा तीन वटा स्वास्थ संस्थामा स्वास्थ अनुगमन गरिएको छ ।

शिद्देश्वर, बुढाकोट र पातलकोट स्वास्थ संस्थाको नगर प्रमुख कुँवरको नेतृत्वमा स्वास्थकर्मि टोलिले अनुगमन गरेको हो। नगर प्रमुख कुँवरले नेपाल सरकारबाट उपलव्ध गराउदै आएका ३३ प्रकारका र साँफेबगर नगरपालिकाले उपलब्ध गराएको ७ प्रकारका औसधिको बारेमा स्वास्थ संस्थासङ्ग जानकारी लिएका छन् ।

तिन वटै स्वास्थ संस्थामा अहिलेसम्म कुनै प्रकारको औसधि अभावमा नरहेको जानकारी दिए । नगर प्रमुख कुँवरले कोरोना संक्रमण वस्ति वस्तिमा बढ्दै गएका कारण जनतालाई सचेत गर्ने पार्न अभियानमा लाग्न स्वास्थकर्मिलाई निर्देशन दिए । उनले स्वास्थ संस्थामा कुनै प्रकारका औसधि अभावमा भएमा खबर गर्न आग्रह गरे ।

अनुगमनका क्रममा स्वास्थ संस्थाले नगरपालिकाबाट प्राप्त औसधिको रेकर्ड नराखेको पाईएको जनस्वास्थ्य निरीक्षक लक्ष्मणनाथ योगिले जानकारी दिए । स्वास्थ संस्थाको सेवा प्रवाह भने संतोषजनक रहेको उहाँको भनाई रहेको छ ।

अनुगमनका कार्यक्रम ईलाका प्रहरी कार्यालय साँफेबगर प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशी, नेपाल पत्रकार महासंघका सुदुरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुँवर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष गिता कुँवर, शिद्देश्वर स्वास्थ चौकिका ईन्चार्ज योगेन्द्र बहादुर कुँवर, बुढाकोट स्वास्थ चौकिका ईन्चार्ज नरेश रावत र पातलकोट स्वास्थ चौकिका ईन्चार्ज टेकबहादुर खड्का, साँफेबगर नगरपालिका सामाजिक सहजकर्ता बिक्रम आउजी लगायत स्वास्थकर्मिको सहभागिता रहेको थियो ।