मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकको जीवन बचाउन तर्फ नगरको ध्यान केन्द्रित छ : नगरप्रमुख कुँवर

नागरिकको जीवन बचाउन तर्फ नगरको ध्यान केन्द्रित छ : नगरप्रमुख कुँवर


अछाम : साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले नागरिकले सजकता नगर्दा समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको बताए । साँफेबगर नगरपालिका वडा नं १४ पातलकोलमा स्वाव संकलन तथा सचेतताको लागि पुग्नुभएका नगर प्रमुख कुँवरले सरकारले जारी गरेको निषेधाज्ञा पुर्ण रूपमा पालन नगर्दा वस्ती वस्तिमा भाइरस संक्रमण फैलिएको जिकिर गरे।

कोरोना भाइरसको जोखिम बढ्दै गएका कारण सबै समुदायलाई सजक रहनको लागि आग्रह गरे । नागरिकको जीवन बचाउनको लागी नगरपालिकाको सम्पुर्ण ध्यान केन्द्रित रहेका बताउदै नगर प्रमुख कुँवरले आफू र समुदायको ज्यान जोगाउनको लागि जनतालाई सरकारद्वारा जारी गरिएको निषेधाज्ञा पुर्ण रूपमा पालन गर्नको लागि आग्रह गरे ।

कोरोना भाइरसको स्वाब संकलन गरिसकेपछि रिपोर्ट नआउदासम्म होम आईशोलेशन बस्नको लागि सुझाव पनि दिए । हप्ताको दुई दिन सोमबार र बिहिवार बयलपाटा अस्पतालमा स्वाव संकलन हुदै आए पनि सबैलाई अस्पतालसम्म पुग्न समस्या भएका कारण बस्ती पुगेर स्वाव संकलन हुँदै आएको जानकारी दिए ।

नगर प्रमुख कुँवर आफै वस्तीमा पुगेर जनतालाई कोरोना भाइरसबाट बच्नको लागि सचेतता दिदै आइरहेका छन् । ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले निषेधाज्ञाको पुर्ण रूपमा पालन गर्नको लागि सम्पुर्णलाई आग्रह गरे । उनले निषेधाज्ञाको पुर्ण पालना गरेर आफू र जनतालाई बचाउन सुझाव दिए ।

साँफेबगर स्वास्थ शाखाका जनस्वास्थ्य निरीक्षक लक्षमणनाथ योगिले कोरोना भाईरसबाट बच्नको लागि घर बाहिर निस्किनु परेमा मास्कको प्रयोग, साबुनपानीले हात धुने र अनावश्यक बाहिर नजान समेत आग्रह गरे । टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, हाछ्युँ आउने, आँखा रातो हुने, शरीर दुख्ने, पखाला लाग्ने, सास फेर्न कठिन हुने लगायत लक्षण देखिएमाब तुरुन्त परिक्षण गर्न पनि उनको सुझाव रहेको छ।

सचेतता कार्यक्रम साँफेबगर नगरपालिका वडा नं १४ का अध्यक्ष कर्ण साउद, नेपाल पत्रकार महासघका सुदुरपस्चिम सदस्य तपेन्द्र कुँवर, जिल्ला उपाध्यक्ष गिता कुँवर लगायतको सहभागीता रहेको थियो।