मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी ठकुल्लाले गरे बयालपाटा अस्पताललाई औसधी सहयोग

समाजसेवी ठकुल्लाले गरे बयालपाटा अस्पताललाई औसधी सहयोग


अछाम: समाजसेवि भक्त बहादुर ठकुल्लाले बयालपाटा अस्पतालको आकस्मिक कक्षमा सबै भन्दा बढी आवश्यक पर्ने औषधि सहयोग गरेका छन ।

नेपाली कांग्रेस अछाम काठमाडौं सम्पर्क मञ्चमा उपाध्यक्ष रहेका साफेबगर नगरपालिका वडा नं ५ नवाठाना निवासी ठकुल्लाले पठाएको औषधि नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वारले आकस्मिक कक्षका इन्चार्ज छत्र साउदलाई हस्तान्तरण गरे।

महामारीमा सबैले आ आफ्नो ठाउँबाट सहयोग गरेर विपतिलाइ पार लगाउन सभापति स्वारले आग्रह गरे।

कोरोना महामारी अस्पताल समेत औषधि खरिद प्रक्रियामा रहेका कारण ,अस्पतालको आकस्मिक कक्षमा सबैभन्दा बढी आवश्यक पर्नेऔसधिको अभाव रहेको छ।

आकस्मिक कक्षमा बढी प्रयोग हुने औषधि सहयोग गरेकोमा आकस्मिक कक्षमा ईन्चार्ज छत्र साउदको विशेष धन्यवाद दिए । यस अघि जेठ ४ गते पनि समाजसेवी ठकुल्लाले बयालपाटा अस्पताललाई १५ थान पिसिई १ हजार गोलोब्स सहयोग गरेका थिए।