अछाम : सामाजिक र परोपकारी भावनाले जिल्लामा पहिलो पटक गठित अछाम सरोकार मंचले सहयोग अभियानलाइ अगाढी बढाएको छ। केहि दिन पहिले जिल्ला अस्पताल अछामलाई स्वास्थ्य सामग्री सहयोग गरेको मंचले आज कमलबजार पिसिआर प्रोयोगशालालाई सहयोग गरेको छ।
राष्ट्रिय अविष्कार केन्द्रको सहयोगमा प्राप्त ४ थान पिपीई र मंचका तर्फबाट १ हजार माक्स कमल बजार आर.टि.पि.सि.आर प्रयोगशालालाई सहयोग गरेको छ।
कोरोना महामारीका बेला स्वास्थ्यकर्मीलाइ सुरक्षाका आवस्यक पर्ने कुरालाई मध्यनजर गरी प्रोयोगशालाका गणेश पाण्डेलाई अछाम सरोकार मंचका तर्फबाट सचिब खेमराज ढुंगाना र सदस्य सेत बहादुर भुलले सामग्री हस्तान्तरण गरे।
विषम परिस्थितिका सन्दर्भमा अछामको स्वास्थ्य सेवाको अवस्था, तयारी र थप प्रक्षेपण सहितको व्यवस्थापनका लागि सम्बन्धित सरोकारवालासंग छलफल गरेर सहजीकरण गर्ने योजना मंचको रहेको सचिव ढुंगानाले बताए ।




















प्रतिक्रिया