काठमाडौं । विपक्षी गठबन्धनले गण्डकीको नयाँ सरकारमा बहुमतसहित दाबी गरेको छ । प्रदेश प्रमुख सीता पौडेलसमक्ष नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले दाबी पत्र बुझाएको हो ।
विपक्षी गठबन्धनका ३१ जना सांसद रहेका छन् । स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आह्वान गरेपछि उनीहरूले बहुमतसहित सरकारमा दाबी गरेका हुन् ।
![](https://i0.wp.com/baahrakhari.com/uploads/editor/196249587_563133131344105_3913459968375195958_n.jpg?w=720&ssl=1)
प्रतिक्रिया