मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्म स्मृति दिवसमा अस्पताललाइ आर्थिक सहयोग

जन्म स्मृति दिवसमा अस्पताललाइ आर्थिक सहयोग


अछाम : जिल्लाको साँफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डाैका एक दम्पतिले छाेराकाे जन्म स्मृति दिवसकाे अवसरमा वयालपाटा अस्पतालाई आर्थिक सहयाेग गरेका छन् ।

साँफेबगर नगरपालिका वडा न. ४ मष्टामाण्डाै निवासी समाजसेवी लक्ष्मी कुवँर र बिरेन्द्र कुवँरले आफ्नो छोरा घनश्याम कुवँरको जन्मदिन सँगै स्मृति दिवसकाे अवसरमा बयालपाटा अस्पताललाई रु. पाँच हजार आर्थिक सहयोग गरेका हुन् ।

छाेराकाे अल्पायूमै निधनले अाफुलाई मानसिक तनाव भएका कारण अाफ्नाे जस्ताे ब्रजपात अरु कसैकाे अामाबुवालाई नहाेस भन्दै थाेरै भए पनि अार्थिक सहयाेग गरेकाे कुँवर बताए ।

कुँवरले छोराको सम्झनामा अस्पताललाई नगद सहित अस्पतालका बिरामीलाई फलफुल समेत बितरण गरेका थिए । सहयाेग प्रश्चात सहयोगका लागि अस्पतालले कुवँर दम्पतीलाई धन्यवाद दिएको छ।