मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार नगर कार्यपालिकाको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न

कमलबजार नगर कार्यपालिकाको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न


अछाम : कमलबजार नगरपालिका नगर कार्यपालिकाको बैठक बिभिन्न निर्णय गर्दै आज सम्पन्न भएको छ । बिशेष गरी असार १० गते भोली हुन गैरहेको नगर शभाको बैठकको बिषयमा छलफल भएको बताईएको छ ।

प्राकृतिक ब्यवस्थापन संरक्षण ऐन, पूर्वाधार बिकास ऐन, उद्दोग तथा ब्यवसाय पर्वद्धन ऐन, अनुगमन तथा सुपरिवेक्षण कार्यबिधी, वाताबरणिय अध्धयन, ब्यवसाय कर संकलन कार्यबिधी माथी छलफल एवम् स्विकृती गराई नगर शभामा पेश गर्ने लगायतका महत्वपुर्ण निर्णय गरिएको नगर पालिका का नि प्रमुख प्रशासकिय अधिकृत खडग् बहादुर बिष्टले जानकारी दिए ।

यस्तै कालिका माबी बिरपथलाई कक्षा ११ संचालनका लागी अनुमति दिने, शिसु सुधार आधारभुत बिध्यालय बजुडालाई कक्षा ९ सम्म संचालनका लागी स्विकृती दिने निर्णय गरिएका छन् । आगामी आर्थीक बर्ष २०७८/०७९ का लागी निती, योजना तथा कार्यक्रम माथी छलफल गरी नगर शभामा पेश गर्ने लगायतका निर्णय गरीएको नि प्रमुख प्रशासकिय अधिकृत बिष्टले रेडियो कमलबजार लाई जानकारी दिए ।

यसैबिच कमलबजार नगरपालिका अनर्तगत स्वास्थ्य शाखाको पहलमा मच्छर भगाउने औषधी छर्कीएको छ । कमलबजार बजार क्षेत्रलाई लक्षित गरी सो औषधी छर्कीएको हो । सो औषधी छर्कीए पश्चात मेहि हद सम्म भए पनि मच्छर कम हुने अपेक्षा गरीएको पनि बताईएको छ ।