मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा सुचना मञ्च बाँकेद्धारा बयालपाटा अस्पताल र पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री सहयोग

युवा सुचना मञ्च बाँकेद्धारा बयालपाटा अस्पताल र पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री सहयोग


अछाम । युवा सुचना मञ्च बाँकेले अछाम जिल्लाका विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिरहेको छ । मञ्चको पहलमा अछामका विभिन्न स्वास्थ्य संस्था र पालिकाहरुमा कोभिड १९ को प्रतिकार्यका लागि स्वास्थ्य समाग्री प्रदान भईरहेको हो ।

सामाग्री वितरण अभियान अन्र्तगत मञ्चले बुधबार बयालपाटा अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । युवा सुचना मञ्च बाँकेको आयोजना तथा व्यावस्थापनमा सुचना मञ्च अछामका अध्यक्ष राधा आर्चाय ढकाल र नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार वेदप्रकाश तिमिल्सैनाले उक्त सामाग्री बयालपाटा अस्पतालका महाप्रबन्धक प्रकाश ढकाललाई हस्तान्त्ररण गरे ।

उक्त सामाग्री बुझ्दै ढकालले अस्पतालमा कार्यरत कर्मचारीका लागि कोरोना महामारी संग जुध्न सहज हुने भन्दै स.सथालाई धन्यवाद दिए । यस्तै ढकालले आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको उल्लेख गरे । स्वास्थ्य सामाग्रीमा पिपिई, मास्क, सेनिटाईजर लगायत रहेको छ ।

यस्तै मञ्चले नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामलाई पनि स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ । पत्रकार महासंघ मार्फत जिल्लाका संचारकर्मी र संचारमाध्यमलाई प्राप्त हुने गरी स्वास्थ्य सामाग्री हस्तात्ररण गरिएको युवा सुचना मञ्च शाखा अछामका अध्यक्ष राधा आर्चाय ढकालले बताईन् ।

स्वास्थ्य सामाग्रीका सहयोग गर्न अमेरिका स्थित नेप्लीज अमेरिकन च्याम्बर अफ कर्मस डल्लास र समाजसेवी बाल जोशीको सहयोग रहेको मञ्चले जनाएको छ ।

मञ्चले बाँकी रहेका अन्य ठाँउमा समेत स्वास्थ्य सामाग्री वितरण गर्ने यसको व्यावस्थापन, समन्वय र सहजिकरण गरिरहेका नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार वेदप्रकाश तिमिल्सैनाले बताए ।