मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिद्धेश्वर प्रगतिशिल समाज महाराष्ट्रद्धारा बयालपाटा अस्पताललाई ३५ हजार सहयोग

शिद्धेश्वर प्रगतिशिल समाज महाराष्ट्रद्धारा बयालपाटा अस्पताललाई ३५ हजार सहयोग


अछाम । शिद्धेश्वर प्रगतिशिल समाज महाराष्ट्र भारतले बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेको छ । समाजले कोरोना माहामारीमा खटिएका स्वास्थ्यकर्मी र अस्पतालाई लक्षित गर्दै नगद रु. ३५ हजार आर्थिक सहयोग गरेको हो ।

३५ हजारको चेक मार्फत समाजका अछाम स्थित प्रतिनिधीले बयालपाटा अस्पतालका बित्त प्रमख रामराज खकुरेललाई हस्तान्त्ररण गरे ।
कोराना महामारी संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा आवश्यक सामाग्री खरिद गर्न भारत प्रवासमा काम गर्दै आइईरहेका शिद्धेश्वरबासी दाजुभाईहरुले सहयोग गरेका हुन् ।

सहयोगका लागि अस्पतालले उनिहरुलाई धन्यवाद दिदैँ यस्तै प्रकारको सहयोगले कोभिड १९ संग लड्न सहयोग पुग्ने अस्पतालका महाप्रबन्धक प्रकाश ढकालले बताए ।