मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बान्नीगढी गाँउपालिकाद्धारा बयालपाटा असपताललाई १५ लाख बजेट बिनियोजित

बान्नीगढी गाँउपालिकाद्धारा बयालपाटा असपताललाई १५ लाख बजेट बिनियोजित

सुदूर आज

अछाम : जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकाले बयालपाटा अस्पताललाई बजेट बिनियोजित गरेको छ । गाँउपालिकाको छैटौँ गाँउ सभाले अस्पताललाई १५ लाख बजेट बिनियोजित गरेको छ ।

गाँउपालिका उपाध्यक्ष लोक बहादुर साउदले आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अस्पतालका लागि १५ लाख बजेट बिनियोजित गरिएको बताए ।

गाँउसभाले प्रस्तुत गरेको बजेमा अस्पतालका लागि १५ लाख बजेट बिनियोजित गरेको पाँलिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए ।

बयालपाटा अस्पतालको संचालन र व्यावस्थापनका लागि बजेट बिनियोजित गरिएको उनले बताए । अस्पतालले यस क्षेत्रका जनतालाई बिगत १ दशक भन्दा बढी देखि निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।