मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई ७१ लाख बजेट बिनियोजित

साँफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई ७१ लाख बजेट बिनियोजित


अछाम : जिल्लाको साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई बजेट बिनियोजित गरेको छ । नगरपालिकाको सातौँ नगरसभाले अस्पताललाई ७१ लाख बजेट बिनियोजित गरेको छ ।

नगरसभाले प्रस्तुत गरेको बजेटमा अस्पतालका लागि १५ लाख बजेट बिनियोजित गरेको नगर प्रमुख कुल बहादुर कुवँरले बताए ।

बयालपाटा अस्पतालको संचालन र व्यावस्थापनका लागि बजेट बिनियोजित गरिएको उनले बताए । अस्पतालले यस क्षेत्रका जनतालाई बिगत १ दशक भन्दा बढी देखि निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।