मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी कुवँरद्धारा बयालपाटा अस्पताललाई १ लाख ५० हजार सहयोग

समाजसेवी कुवँरद्धारा बयालपाटा अस्पताललाई १ लाख ५० हजार सहयोग


अछाम । जिल्लाको साँफेबगर निवासी समाजसेवी कृष्ण कुवँरले बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेका छन् । उनले बयालपाटा अस्पतालमा आवश्यक उपकरण खरिदका लागि १ लाख ५० हजार सहयोग गरेका छन् ।

विभिन्न समयमा समाजिक कार्यमा अग्रसर रहेका कुवँरले बयालपाटा अस्पतालको पोर्टेवल एक्सरे मेसिनका लागि उक्त सहयोग गरेका हुन् । उनले बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकको आग्रहमा उपकरण खरिदमा सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरेको सुदुरआजलाई बताए ।

उक्त उपकरण खरिद गर्न पैसा कम भएकाको भन्दै निर्देशक डा. पाठकले कुवँरलाई आग्रह गरेपछि उनले सहयोग गरेका थिए । एञ्जीला पुष्तक पसल साँफेबगरका प्रमुख कुवँरले यसअघि पनि विभिन्न समयमा बयालपाटा असपताललाई आर्थिक तथा अन्य सामाग्री सहयोग गरेका थिए ।

नेपाल बिद्यार्थी समाज जापानले आर्थिक संकलन गरेर उक्त उपकरण अस्पताललाई प्रदान गर्ने तयारी गरेको छ । जापानमा न्यूक्लियर मेडिसिनमा अध्ययनरत डा. सुमन श्रेष्ठले नेतृत्व गरेर सो उपकरण बयालपाटा अस्पताललाई प्रदान गर्न आर्थिक संकलन गरिरहेका थिए ।

नेपाल बिद्यार्थी समाज जापानको पहलमा उपकरण उपलब्ध गराउने अभियान सुरु भएको थियो । कम्पनीको मुल्य १५ लाख ५० हजार जापिनियनमा उक्त पोर्टैबल डिजिटल एक्सरे मेसिन खरिद गरिने भएको छ । त्यसको लागि अझै पनि २ लाख कम भएको डा. पाठकको भनाई छ ।

नेपाल बिद्यार्थी समाज जापानले मातृभुमी नेपाल र नेपालीको रक्षाका लागि हातेमालो भन्ने नाराका साथ बयालपाटा अस्पतालका लागि स्वास्थ्य सामाग्री अभियान सुरु गरेको छ ।