मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाद्वारा ६४ करोड ४२ लाख १ को बजेट विनियोजन

साँफेबगर नगरपालिकाद्वारा ६४ करोड ४२ लाख १ को बजेट विनियोजन


अछाम : साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६४ करोड ४२ लाख १ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । उपप्रमुख विर्मलादेवि वुड्थापाले साँफेबगर नगरपालिकाको बजेट सार्वजनिक गरिन ।

नगरपालिकाले चालु तर्फ ४७ कारोड ८ लाख र पूजीगत तर्फ १७ करोड ३५ लाख वरावरको वजेट सातौं नगर सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।

नगरपालिकाले संघीय सरकारको सशर्त तर्फ ३५ करोड ८ लाख, समानिकरण अनुदान तर्फ ११ करोड ७८ लाख, विशेष अनुदान पूजिगत १ करोड ६१ लख, सशर्त अनुदान पूजिगत १ करोड ५१ लाख,समानिकरण अनुदान तर्फ ३ लाख ४९ हजार, विशेष अनुदान प्रदेश सरकारबाट ५० लाख, संघिय सरकारको समपुरक पूजीगत तर्फ ४२ लाख, प्रदेश सरकारको समपुरक अनुदान ४० लाख, संघीय राजश्व बाँडफाँडबाट ९ करोड ५४ लाख ४ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट २६ लाख ४ हजार र आन्तरिक आयबाट २ करोड ४८ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।

नगरपालिकाको वजेट स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । बयालपाटा अस्पताललाई बजेट बिनियोजित गरेको छ । नगरपालिकाको सातौँ नगरसभाले अस्पताललाई ७१ लाख बजेट बिनियोजित गरेको छ ।

यस्तै नगरपालिकाले अधुरा रहेका विकास निर्माण कार्यलाई पनि विशेष प्राथमिकता दिएको छ । सुदूर लक्षित प्राविधिक शिक्षालय सवैभन्दा वढी १ करोड, स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा ४ लाख विनियोजित गरेको छ ।

जनता वहुमुखी क्याम्पस भवन मर्मतमा ४० लाख, जेष्ठ नागरिकसँग नगर प्रमुख कार्यक्रमको लागि १० लाख, अपागत भएका ग र घ वर्गको सामाजिक सुरक्षा कार्यक्रमको लागि १५ लाख,कार्यपालिका सदस्य गाउँघर विकास कार्यक्रममा ४० लाख, गर्भवतिसँग उपप्रमुख कार्यक्रमको लागि १३ लाख, आमावुवा गुमाएका वालवालिकासँग नगर प्रमुख कार्यक्रमको लागि २५ लाख वजेटको व्यवस्था गरिएको छ । उक्त कार्यक्रममा महिला विकास शाखाका कार्यक्रम पनि रहेका छन् । यस्तै १४ वटा वडालाई २ करोड ४ लाख रकम विनियाजित गरिएको छ ।

साँफेबगर नगरपालिकाको सातौ नगर सभा दोस्रो बैठकले बिभिन्न प्रस्तावहरु गरेको छ । बैठकले आठ वटा प्रस्तावहरु माथी छलफल गरी संघ सरकार समक्ष पेश गर्ने भएको छ ।

बैठकमा आर्थिक बर्ष श्रावण महिनाबाट सुरुवाता हुने तथा अषाढ महिनामा अन्त्य हुने कानुनी व्यवस्थाले बिकास निमार्ण लगायत सबै क्षेत्रमा यसको प्रतिकुल असर परेकोले नया आर्थिक बर्ष मसिरबाट हुने व्यवस्था लागु गर्न माग गर्दछौ प्रस्ताबमा उल्लेख गरिएको छ ।

यसैगरी प्रस्तामा यहि जेठ १५ गते बजेट बक्तब्य मार्फत बाल बकिास केन्द्रका शिक्षक र बिधालयका कर्मचारीहरुको बृद्धि गरिएको मासिक पारिश्रमिक १५ हजार पुरै हिस्सा संघ सरकाले बेहोर्नुे पर्ने,प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतका श्रमिक र आयेजना छनोट स्थानीय तहबाट हुनुपर्ने,स्थायी लेखा नम्बर बाट २० हजार बराबरको सामान मात्र खरिद गर्न पाउने व्यवस्था परिवर्तनका लागी माग गछैछौ भनिएको छ ।

कोरोना महामारी बिरुद्धको खोप सबै नागरिकलाई लगाउने व्यवस्थ ागर्न नेपाल सरकारले गर्नुपर्ने, स्थानीय तहको प्राथकिमता र समन्वयमा मात्र प्रदेश सरकाबाट बजेटको व्यवस्था गर्नुे पर्ने र बयालपाटा अस्पताललाई आगामी आर्थिक बर्षका लागी प्रदेश सरकारबाट ८ करोड मात्र बजेट बिनियाजन भएकाले थप १० करोड बिनयोजनका लागी संघ सरकारसंग माग गर्दछौ प्रस्तावमा उल्लेख गरिएको छ ।