मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी गाउँपालिकाद्वारा कृषकलाई मासिक प्रोत्साहन भत्ता कार्यक्रम

ढकारी गाउँपालिकाद्वारा कृषकलाई मासिक प्रोत्साहन भत्ता कार्यक्रम


गाउपालिकाद्वारा ३५ करोड ४८ लाख ८६ हजार बजेट सार्वजनिक

अछाम : जिल्लाको ढकारी गाउपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागी गाँउपालिकाको सातौँ गाँउ सभाले
३५ करोड ४८ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बजेट मध्य चालुमा २८ करोड २२ लाख ८६ हजार र पुजिगत बजेट ७ करोड २६ लाख बजेट विनियोजन गरेको हो ।

गाउँपालिकाले कृषकहरुलाइ कृषि पेशामा आकर्षण गर्नका लागी कृषकलाई प्रोत्साहन भत्ता कार्यक्रम ल्याएको छ ।

कृषकलाई प्रोत्साहन भत्ता कार्यक्रम अन्तर्गत भैसि पालक कृषकलाइ मासिक एक हजार , बाख्रा पालक कृषकलाइ मासिक पाच सय,लोकल कुखुरा पालक कृषकहरुलाइ मासिक पाच सय र फलफुल तथा तरकारी उत्पादक कृषकहरुलाइ मासिक एक हजारका दरले प्रोत्साहन भत्ता कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले बताए ।

गाउँपालिकाले ल्याएको उक्त कार्यक्रमको सबैले प्रसंसा गरेकाछन भने कृषकहरुले खुशी हुदै गाउँपालिका सरकार लाई धन्यवाद व्यक्त गरेका छन । त्यस्तै गाउँपालिकाले बयालपाटा अस्पताललाई बजेट बिनियोजित गरेको छ ।

सातौँ गाँउ सभाले अस्पताललाई १५ लाख बजेट बिनियोजित गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले जानकारी दिए । त्यस्तै (ग) र( घ) वर्गका अपाङ्गता भएका ब्याक्ति हरुलाइ बार्षिक १००० का दरले भत्ता दिने कार्यक्रम समेत ल्याएको छ ।