मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४६ करोड बराबरको बजेट सार्वजनिक गर्ने रामारोशनको तयारी, स्वास्थ्य र शिक्षा प्राथमीक्तामा

४६ करोड बराबरको बजेट सार्वजनिक गर्ने रामारोशनको तयारी, स्वास्थ्य र शिक्षा प्राथमीक्तामा


अछाम : जिल्लाको रामारोशन गाँउपालिकाले निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहिबार भएको आठौँ गाँउ सभाले निति तथा कार्यक्रम ल्याएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताए ।

सार्वजनिक भएको निति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमीक्तामा राखिएको भण्डारीले बताए । विश्वभर फैलिएको कोरोना भाईरस कोभिड १९ महामारी नियन्त्रण तथा रोकथामलाई उच्च प्राथमिकता दिएको छ । उनका अनुसार ४६ करोड बराबरको बजेट सार्वजनिक गरिने प्रक्षेपण रहेको छ ।

गाउँपालिकाको स्वास्थ्य नीति निर्माणदेखि, पोषणमैत्री कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै आगामी आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा केहि लोकप्रिय कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

गत बर्ष भाद्र २ गते राति आएको बाढीले गरेका क्षेती लाई पुरानै अवस्थामा फर्काई पुन निर्माण गर्नका लागी कार्ययोजना अगाडी सारीएको गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउदले बताए । यस्तै संघीय सरकारबाट गाउँपालिकालाई कम बजेट प्राप्त भएको र उक्त बजेटले नपुग्ने भएकाले थप बजेट माग गर्ने निति समेत पारित गरिएको अध्यक्ष साउदले जानकारी दिए ।

पालिका अध्यक्ष झंकर साँउद भाष्करको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरस्वती रावलले निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । ७ वटै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य, गाउपालिका कर्मचारीहरुको सहभागिता रहेको गाउँसभा कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारीले गरेका थिए ।