मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेख गाँउपालिकाद्वारा निती तथा कार्यक्रम सार्वजनिक, स्वास्थ्य क्षेत्र प्राथमिकतामा

मेल्लेख गाँउपालिकाद्वारा निती तथा कार्यक्रम सार्वजनिक, स्वास्थ्य क्षेत्र प्राथमिकतामा


अछाम : मेल्लेख गाँउपालिकाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक निती तथा कार्याक्रम सार्वजनिक गरेको छ । गाँउपालिकाले ८ औ गाउ सभा मार्फत सार्वजनिक भएको निती तथा कार्यक्रममा आर्थिक विकास तथा गरिवि निवारण, जनताको जीवनस्तर उकास्ने, आमदानी र रोजगारी बढ्ने विषयहरु लाई वढी प्राथमिकता दिएको छ

गाँउपालिकाको वजेटमा महिला, वालवालिका, पिछडिएको क्षेत्रलाई लाभपुग्ने, स्थानिय स्रोत साधन र सिपको जती सक्दो वढी प्रयोग हुने कार्यक्रमलाई प्राथमिकतादिईएको छ । यस्तै ग्रामिण उद्योग,सडक, विद्युत, खानेपानीलगाएतको आवस्यकपुर्वाधार निमार्णलाई विषेश प्रथमिकतामा राखिएको छ ।

मेल्लेख गाँउपालिका उपाध्यक्ष धन वहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९ को ४५ करोड ७२ लाख ८३ हजारको आय तथा ५० करोड ९३ लाख७३ हजार ७ सय ६० रुपैया व्यायको बजेट प्रस्तुत गरे । कार्यक्रममा गाउपालिका अध्यक्ष लोक वहादुर वोहराले पालिका वासीले उपचारको अभावमा कुनै पनी नगारिकले ज्यान गुमाउनु नपर्ने स्थिती सिर्जना गर्न स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको वताए ।

पालिकाको सबैजसो टोलमा खानेपानी विद्युत र सडक विस्तारको काम भएके बताउदै अध्यक्ष वोहराले छुटेका टोल वस्तीलाई लक्षित गरेर आफ्नै कार्यकालमा वाकि कार्यक्रम सम्पन्नगर्ने दावि गरे । संघीय सरकार र प्रदेश सरकारको वजेट संगै गाँउपालिको वजेटवाट बहुबर्षिय आयोजनाको रुपमा आफ्नै कार्यकालमा साँफे हुदै मेल्लेख गाँउपालिका जोड्ने सडक लाई पिचको काम तत्काल सुरु गरिने उनले बथाए ।

८ औ गाउसभा कार्यक्रममा प्रमुखअथिती र्पुव जिल्ला विकास समितीका सभापती कृष्ण प्रसाद जैशीले जनप्रतिनिधीको कार्यकाल सकिदै गर्दा आफुलाई सन्तुष्ट हुनेगरि काम गर्नु पर्ने वताए । मेल्लेखमा अन्य पालिकाको तुलनामा राम्रो काम भएको वताउदै जैसीले चुनावताका बेला जनता लाई भोट माग्दा गरेको वाचा अनुसार कुनै गाँउटोल छुटेको भए यो वर्षको वजेटमा समेट्न पनी सुझाव दिए ।

कार्यक्रममा नेकपा एमालेका प्रेमवहादुर महर, नेपाली कांग्रेसका पदम खड्का, माओवादी केन्द्रका विरवहादुर साउद, पत्रकार महासंघ अछामका अध्यक्ष खम्मखत्री, उद्योग वाणिज्य महासंघका नरेन्द्र खड्काले शुभकामना मन्तव्य राखेका थिए । गाँउपालिका अध्यक्ष लोकवहादुर वोहरोको अध्यक्षतामा भएको कार्यक्रममा ८ वटै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य, गाउपालिका कर्मचारीहरुको सहभागिता रहेको खथियो ।

कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य कमलदेवि ताम्रकारले राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत दिर्घ वहादुर खड्काले गरेका थिए ।