मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटी गाउँपालिकाद्वारा ४२ करोड बढीको बजेट सार्वजनिक, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार प्राथमिकतामा

चौरपाटी गाउँपालिकाद्वारा ४२ करोड बढीको बजेट सार्वजनिक, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार प्राथमिकतामा


अछाम : जिल्लाको चौरपाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४२ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ । नवौं गाउँसभाबाट नगरपालिकाले बिहीबार नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष माया कुवँरले आर्थिक वर्ष २०७८/७९ का लागि कुल ४२ करोड ३ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

गाउँपालिकाले संघीय सरकारबाट प्राप्त सशर्त अनुदान १९ करोड ५८ लाख, बित्तिय समानीकरण अनुदानबाट ९ करोड ५४ लाख, बिशेष अनुदान ५४ लाख, समपुरक अनुदान ५४ लाख, राजश्व बाँडफाड ८ करोड ६९ लाख ७९ हजार रुपैयाँ अनुमान गरेको छ ।

यसैगरी प्रदेश सरकारबाट बाँडफाँट हुने वित्तीय समानीकरण अनुदान ६५ लाख ५२ हजार, बिशेष अनुदान ५० लाख, समपुरक अनुदान ५४ लाख ९३ हजार, राजस्व २३ लाख ६४ र आन्तरिक आय १ करोड २० लाख रुपैयाँ प्राप्त हुने बजेट अनुमान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याईएको जानकारी दिए ।