मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल विनायकको नीति तथा कार्यक्रममा कृषि र प्रविधिलाई जोड

पञ्चदेवल विनायकको नीति तथा कार्यक्रममा कृषि र प्रविधिलाई जोड


अछाम : पञ्चदेवल विनायक नगरपालिकाले नीति कार्यक्रममा कृषि लाई जोड दिएको छ । नगर क्षेत्रमा व्यावसायिक तरकारी खेती गरी कृषकहरूको आर्थिक आए आर्जन बढाउने नीति अख्तियार गरिएको जनाइएको छ ।

नगरपालिकाले पशुपालन र कृषिमा आधुनिकीकरण गर्ने र यस क्षेत्रमा अनुदान दिने नीति पास गरेको छ । नगर प्रमुख देवराज देवकोटाको अध्यक्षतामा भएको सातौँ नगर सभाले सर्व सम्मतका साथ नीति तथा कार्यक्रम पास गरेको हो । नगर उपप्रमुख अम्बिका चलाउनेले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा कृषि पशुपालन , शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिएको छ ।

नीति तथा कार्यक्रममा एक वडा एक कृषि उपज सङ्कलन केन्द्र स्थापना गर्ने , बाली तथा पशु बिमा गर्ने, सबै विद्यालयहरूमा शुद्ध खानेपानीको व्यवस्था गर्ने नीति पास गरेको छ । नगरपालिकाले यस वर्ष ८ जनालाई विभिन्न प्राविधिक विषयमा ८ जनालाई छात्रवृत्ति दिनेछ ।

खेलकुदको विकासका लागी नगरका सबै वडामा खेलकुद मैदान निर्माण गरिने जनाइएको छ । सबै माद्यामिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्ने र त्यसका लागी कम्प्युटर शिक्षकको व्यवस्था गर्ने नीति लिएको छ ।

स्वास्थ्य क्षेत्रमा गर्भवती महिलालाई बच्चा जन्माउन अस्पताल पुर्‍याउनको लागी निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने, सामाजिक सुरक्षा अन्तर्गत ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक ५ सय रुपैयाँ पोषण खर्च उपलब्ध गराउने नीति लिएको छ । नीति तथा कार्यक्रममा हिंसा पीडित महिला तथा बालबालीको उद्धारको लागी यसैबर्ष बाल हेल्पलाईन १०९८ सञ्चालन गर्ने र विद्युतको केन्द्रीय प्रसारण लाइन सबै वडामा विस्तार गरिने उल्लेख छ ।

कालेकाडामा टेलिकमको टावर निर्माणका लागी पहल गर्ने , नगरपालिकाको सबै वडामा इन्टरनेट सेवामा थप सुधार गर्ने र विनायक बजारमा फ्रि वाई फाई जडान गर्ने नीति पास भएको छ । यो सँगै विनायक बजार र बेलेखतमा सिसिटिभी क्यामेरा जडान गरिनेछ । नगरपालिकाले पर्यटन, खानेपानी लगायतका क्षेत्रमा बजेटको विनियोजन गर्ने गरी नीति ल्याएको छ ।

नगर सभामा नीति तथा कार्यक्रम माथि टिप्पणी गर्ने नगर सभा सदस्यले नीति कार्यक्रमको स्वागत गरेका छन् । नीति कार्यक्रमले समग्रमा सबै क्षेत्रलाई समेटेको नगर सभा सदस्यहरूको भनाई छ । आज बसेको नगर सभाले आर्थिक ऐन समेत विनियोजन गरेको छ ।