मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल मानव धर्म सेवा समितिद्धारा बयालपाटा अस्पताललाई स्वास्थ्य सामाग्री र औषधी सहयोग

नेपाल मानव धर्म सेवा समितिद्धारा बयालपाटा अस्पताललाई स्वास्थ्य सामाग्री र औषधी सहयोग


अछाम । नेपाल मानव धर्म सेवा समितिले बयालपाटा अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्री र औषधी सहयोग गरेको छ । समितिले अस्पताललाई आवश्यक पर्ने १ लाख बढीको स्वास्थ्य सामाग्री र औसधी सहयोग गरेको जनाएको छ ।

कोरोना महामारीका बेला अस्पतालले जनताको सेवामा दिनरात खटेर काम गरेको भन्दै आफुहरुले सक्दो सहयोग गरेको समितिका सदस्य रमेश कुवँरले बताए ।

औषधी र अन्य सामाग्रीले बिरामीको सेव ागर्न सहज हुने भन्दै अस्पतालले समाजलाई धन्यवाद दिएको छ । अछाम घर भई हाल काठमाण्डौँमा रहेका समाजेवी बिनय रावलको सहयोगमा सामाग्री काठमाण्डौँ बाट अछाम आईपुगेको थियो ।

सामाग्री हस्तान्त्ररण कार्यक्रममा कांग्रेस अछामका सभापति भरत कुमार स्वाँर, महाधिबेशन प्रतिनिधी अर्जुन ताम्राकार, दतिल संघका अध्यक्ष टक्कर ताम्राकार लगायतको सहभागीता रहेको थियो ।