मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरप्रमुख कुँवरले गरे योजनाको छड्के अनुगमन

नगरप्रमुख कुँवरले गरे योजनाको छड्के अनुगमन

सुदूर आज

अछाम : जिल्लाको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले नगरमा निर्माणधिन एक दर्जन योजनाको शनिबार अनुगमन गरेका छन् । साँफेबगर नगरपालिका, प्रदेश सरकार र डिभिजन कार्यालय मार्फत सञ्चालित योजनाको स्थलगत अनुगमन गरेका हुन्।

वडा नं.१ वैजनाथ, वडा नं.२ जाल्पादेवि र वडा नं.३ सिद्देश्वर, वडा नं.७ रिडिकोट र वडा नं.८ चण्डिकाका एक दर्जन निर्माणधिन योजनाको गुणस्तरियताकाे अवस्थाका वारेमा छड्के अनुगमन गरिएको छ । जनप्रतिनिधि, प्राविधिक र पत्रकार सहित नगर प्रमुख कुँवरको नेतृत्वमा निर्माणधिन योजनाको गुणस्तर भए/नभएको वारेमा अनुगमन गरिएको छ । 


साँफेबगर नगरपालिका वडा नं.३ स्थित हाटवजारबाट अनुगमन सुरु गरिएको थियो । त्यस्तै वडा नं.३ सिद्देश्वरमा साँफेबगर नगरपालिका र प्रदेश सरकारको संयुक्त लगानिमा निर्माण भईरहेको शहरी स्वास्थ्य क्लिनिकको अनुगमन गरे ।

यस्तै वडा नं.२ जाल्पादेविमा नगरपालिको ५ लाखको आर्थिक सहयोगमा निर्माण हुँदै आएको माझे कुलो र प्रदेश सरकारको १० लाखको सहयोगमा निर्माण हुँदै आएको बागभिडि तटबन्धको पनि नगर प्रमुख कुँवरले अनुगमन गरे । 

यस्तै वडा नं.१ वैजनाथमा, वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको सहयोगमा ५० लाखको लागतमा वुढीगंगा नदीमा बनिरहेको  चेक डयाम, ९ लाखको लागतमा निर्माण हुँदै आएको पार्क र ८ लाखको लागतमा निर्माण हुँदै आएको पैदल मार्ग र वैद्यनाथ क्षेत्र विकास संस्थाको ३० लाखको सहयोगमा वुढीगंगा नदीमा बनिरहेको वुढीगंगा तटबन्ध योजनाको अनुगमन गरेको उनले बताए ।  

यस्तै वडा नं.१ वैजनाथ प्रदेश सरकारको १० लाखमा निर्माण भईरहेको ग्वालेक तटबन्धको र सुर्यचन्द्र नमूना माविको निर्माणधिन छात्रावास,  वडा नं. ७ रिडिकोट र चौरपाटी गाउँपालिका वडा नं.४ जोड्ने भङखान झोलुङ्ग पुलको कटानको अवस्था र भखङखान देखि सेति लोकमार्ग सम्म पुग्ने ग्रामिण सडकको पनि निरिक्षण गरिएको छ ।

निरिक्षण पछि कुराकानी गर्दै नगर प्रमुख कुल बहादुर कुँवरले भङखान झोलुङ्ग पुलको कटान रोक्नको लागि तत्काल जालिको व्यवस्था गर्ने र भङखान देखि सेति लोकमार्ग पुग्ने ग्रामिण सडकको ट्रयाक चाँडै खुलाईने जानकारी दिए ।

यस्तै साँफेबगर नगरपालिका वडा नं.८ चण्डिका स्थित जिमराडी क्षेत्रमा साँफेबगर नगरपालिकाको सहयोगमा निर्माण भईरहेको प्रतिक्षालयको पनि अनुगमन गरिएको छ ।  अनुगमन पछि कुराकानी गर्दै नगर प्रमुख कुँवरले केही निर्माणधिन योजनाको काम सन्तोषजनक भएपनि केही योजनाको काम गुणस्तहिन भएको पाएको बताए ।

मापदण्ड अनुसार काम नगर्ने उपभोक्ता समितिको भूक्तानि पनि रोकिने उनले चेतावनि दिए । अनुगमनमा सहभागि साँफेबगर नगरपालिकाका सव-न्जिनियर धनराज जोशीले केही योजनाको काम प्राविधिक स्टमेट अनुसार नपाएको बताए । स्टमेट अनुसार नभएका योजनाहरुको कामलाई प्रभावकारी रुपमा काम गर्नको लागि निर्देशन  दिएको बताए । 

अनुगमनमा नगर प्रमुख सहित साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथका वडा अध्यक्ष अमर शाह , वडा नं.२ जाल्पादेविका अध्यक्ष कालु सिंह कुँवर, वडा नं.३ सिद्देश्वरका अध्यक्ष कृष्ण वुढा, वडा नं.७ रिडिकोटका अध्यक्ष मिठ्ठु सिंह भाट, सव-ईन्जिनियर धनराज जोशी, नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुँवर, साँफेबगर नगरपालिकाका सामाजिक सहजकर्ता विक्रम आउजीको सहभागिता रहेको थियो ।