मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अगुवा कृषकलाई कृषि सामाग्री बितरण

अगुवा कृषकलाई कृषि सामाग्री बितरण


अछाम : कमलबजार नगरपालिकामा कृषकहरुका लागी कृषी सामाग्री बितरण गरिएको छ । नगरपालिकाको वडा नं २ बजुडाका २० जना अगुवा कृषकहरुलाई बिभिन्न कृषी सामाग्रीहरु बितरण गरीएको हो ।

कमलबजार नगरपालिका कृषी बिकास शाखा र लघुउद्धम बिकास शाखाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कृषकहरुका लागी प्लाष्टिक पोलीहाउस, टमाटोरको बिउ लगायत अन्य बिउ बिजन बितरण गरिएको बताईएको छ ।

कृषी सामाग्री बितरण गर्दै नगर प्रमुख ओम प्रकास बिष्टले बेमौसमी तरकारी उत्पादन गरी मनग्य आम्दानी गर्न अगुवा कृषकहरु लाई सुझाब दिए । यस्तै नगर उप प्रमुख भुमिसरण ढकाल बजगाईले कृषी पेशा लाई सम्मानित पेशाको रुपमा लीई त्यसै अनुरुप काम गर्नु पर्ने कुरामा जोड दिए ।

कार्यक्रमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खडग बहादुर बिष्ट, कृषी बिकास शाखा प्रमुख सुनिल कुँवर, कृषी प्राबिधिक बृष बिष्ट लगायत सरोकार वालाहरुको सहभागिता रहेको कृषी बिकास शाखा प्रमुख सुनिल कुँवरले जानकारी दिए ।