मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन ६ र ७ मा व्यवसायीयक भैसी पालन कार्यक्रम शुरु

मंगलसेन ६ र ७ मा व्यवसायीयक भैसी पालन कार्यक्रम शुरु


अछाम : जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ६ र ७ मा व्यवसायीयक भैसिपालनका लागि कार्यक्रम शुरुवात गरिएको छ । वडा नम्बर ६ मा मध्येपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रम तथा वडा नम्बर ७ मा भैँसी पकेट क्षेत्र कार्य क्रम सञ्चालन भएको हो ।

यतिबेला दुबै वडामा भैँसीको खोर सुधार लगायतका कार्यक्रम भैरहेका छन् । वडा नम्बर ७ मा १ सय ६४ लाभग्राही रहेका छन् भने वडा नम्बर ६ मा १ सय ५४ जना लाभग्राही रहेका छन् । कार्यक्रम अन्तर्गत खोर सुधारका लागि आवश्यक सामग्री तथा नगद सहयोग, बीमा कार्यक्रम, उपचारका लागि औषधि तथा घाँस सहयोग गरिने मंगलसेन नगरपालिका वडा नमबर ६ र ७ का पशु प्राविधिक शिवराज ढुंगानाले बताए ।

किसानलाई व्यवसायीक रुपमा भैँसीपालनमा आकर्षित गराउन तथा दुध एवम् दुग्धजन्य पदार्थ बेचेर आम्दानी बढाउने उद्देश्यले कार्यक्रम शुरु गरिएको मंगलसेन नगरपालिकाले जनाएको छ । वडा नम्बर ७ मा संघीय सरकारको २५ लाखको शशर्त अनुदान तथा वडा नम्बर ६ मा संघीय सरकारको २१ लाख ८० हजार, नगरपालिकाको २ लाख तथा किसानको १० लाख ५० हजार लागत साझेदारीमा कार्यक्रम सञ्चालन हुने भएको हो ।

किसानको सहजताका लागि कोरोना महामारीका कारण केही ढिलो भए पनि कार्यक्रम शुरु गरिएको मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराले बताए । यो बर्षको उपलब्धिको रुपमा यो कार्यलाई नगरपालिकाले लिएको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने क्रममा यो कार्यलाई नगरले सार्वजनिक गरेको थियो । मंगलसेन नगरपालिका बजेट तर्जुमा समिति संयोजक तथा उपप्रमुख सरिता उपाध्यायले यस कार्यक्रमलाई उपलब्धिका रुपमा उल्लेख गरिन ।

दुवै वडाका टोलटोलमा भैसीपालन समूह समेत गठन गरिएको छ । कार्यक्रम अन्तर्गत सहयोग पाएपछि किसान पनि खुसी भएका छन् । यहाँका किसानले पहिलेदेखि भैसी पालन गरिरहेका र थप व्यवस्थित पार्नका लागि कार्यक्रमले सहयोग पुग्ने वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले बताए ।