मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३९ औ बीपी स्मृति दिवसमा दक्षिणकाली मन्दिर परिसरमा वृक्षारोपण

३९ औ बीपी स्मृति दिवसमा दक्षिणकाली मन्दिर परिसरमा वृक्षारोपण


अछाम : ३९ औ बिपि स्मृति दिवसको अवसरमानेपाली कांग्रेस कमलबजार नगरकार्य समितिद्वारा कमलबजार नगरपालिकाको दक्षिणकाली मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ।

कमलबजार नगरपालिका नगरकार्य समितिका अध्क्षयसर्प बहादुर बिष्टकोअध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि संघिय मामिला तथा प्रदेश सभा सदस्य यज्ञ बहादुर ढकाल रहेका थिए।

प्रमुख अतिथिको आसनबाट बोल्दै ढकालले बिपि कोइरालाले अंगालेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताए । ‘नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि उनले गरेको योगदान सधैं स्मरणीय रहेकोे बताए ।

बृक्षारोपण कार्यक्रममा महासमिति सदस्य कृष्ण ढकाल, जिल्ला कार्यसमिति सदस्य कमलबजार नगरपालिका नगर उपप्रमुख भुमिसरण ढकाल बजगाइ, जिल्ला कार्यसमिति सदस्य इन्द्र रावत, जिल्ला कार्यसमिति सदस्य खड्क भण्डारी, पुर्व क्षेत्रिय सचिप पुष्पराज अधिकारी लगायतले बोलेका थिए।

कार्यक्रममा कमलबजार नगरकार्य समितिका सदस्य एकिन्द्र रावत वडा सभापति बालाराम जैसी गोबिन्द बिष्ट गणेस बिष्ट नेपाल शिक्षक संघका कासिराम बजगाइ उद्योग बाण्ज्यि संघ जिल्ला कार्यसमितिका सदस्य मिलता अधिकारी नेपाल किषान संघका पदम बटाला नेपाल शिक्षक संघ नगर पचिप बिरेन्द्र भण्डारी पुर्व वडा सभापति जवाला सिह बिष्ट पुर्व क्षेत्रिय सदस्य कर्ण भण्डारी नेबिसंघका तक्मान बिष्ट मदन भण्डारी सुरज बिष्ट लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रमको संञ्चालन सुर्य बिष्टले र्गनु भएको थियो ।